Friday, February 8, 2008

गजल

उन्ले जस्तै तिम्ले माया लुकाउने त हौली
पुरानो त्यो घाउ फेरि दुखाउने त हौली ।

मेरो जोवन केवल तिम्रो सम्हाल है भन्दै
वचन दिई आफैलाई चुकाउने त हौली ।

तिमी विना जीउन म सक्दिन है भन्दै
आफ्नो शीर अरु सामु झुकाउने त हौली ।

विश्वाशको गमलामा मायाको फुल रोप्दै
डोरी चुर्डाई खसालेर फुटाउने त हौली ।

जिन्दगी भर नछुटिने वाचा गर्दा गर्दै
बाधिंएको गाठो फेरि फुकाउने त हौली ।

दोबाटोमा कोही अरु मुस्काइ दिए भने
यो टुटेको मुटु फेरि टुटाउने त हौली ।

- सुमन घिमिरे
सौराहा, चितवन, हाल डब्लिन, आयरल्याण्ड

4 comments:

  1. गजल एकदम राम्रो छ! अरु पनि लेख्दै गर्नु होला! :)

    ReplyDelete
  2. You are from Sauraha. I also know Basanta Chowk which happen to be my in-laws' place.

    ReplyDelete
  3. वाह! वाह!! क्या सुन्दर गजल! गजब छ सुमनजी! अरु पनि पढ्न पाइएला बन्ने आशा छ।

    ReplyDelete