Wednesday, February 6, 2008

मेरो जीवन


बादलको बदलिंदो बुट्टा जस्तो लाग्छ

अरु मानिसको भन्दा छुट्टा जस्तो लाग्छ

कस्तो कस्तो मेरो जीवन व्यथा बन्ने हो की

कहिले लाग्छ एउटा सुखद कथा बन्ने हो की

कुनै बेला पोल्टा भरि जूनतारा देख्छु

कहिले फेरि निराशाका गीत म नै लेख्छु

डरै लाग्छ मेरो जीवन त्यसै बित्ने हो की

मैले नै पो जिन्दगीको समर जित्ने हो की

मैले नै पो जिन्दगीको समर जित्ने हो की ॥

1 comment: