Monday, May 21, 2012

रुन सक्दिन म

हिक्का छुट्छ मुटुभित्र, रुन सक्दिन म
मेरो देशका मयलहरु, धुन सक्दिन म

एक ढिक्का हुनुपर्ने देश चिर्ने कुरा गर्छन
जात-भात भन्दै धेरै तल गिर्ने कुरा गर्छन
भड्किएका मान्छेको मन, छुन सक्दिन म
हिक्का छुट्छ मुटुभित्र, रुन सक्दिन म

दाजुभाइ दाजुभाइलाई काट्छु भन्छन अरे
 कोहि त अझ आलो रगत चाटछु भन्छन अरे
 यस्तो सुनी बेफिक्री नी, हुन सक्दिन म
हिक्का छुट्छ मुटुभित्र, रुन सक्दिन म

 सबै हामी नेपाली हौँ भनाइ दिएहुन्थ्यो
 मेरो देशलाई शान्तिभूमि बनाइ दिएहुन्थ्यो
 कसैले त्यो गरे हुन्थ्यो, जुन सक्दिन म
 हिक्का छुट्छ मुटुभित्र रुन सक्दिन म

मेरो देशको तनका मयल, धुन सक्दिन म
मुटुभित्र हिक्का छुट्छ, रुन सक्दिन म !!
हिक्का छुट्छ मुटुभित्र रुन सक्दिन म!!

No comments:

Post a Comment