कलेजको प्रोजेक्टको काम सक्नु थियो उस्को ! रिपोर्ट्को लागि केही रेफ्रेन्स पाईन्छ कि भनेर साइबर क्याफेमा छिरेकी थिई उ त्यसदिन । फेसबुक भनेपछी अरु साथीहरु जस्तो तेत्ती सारो अडिक्टेड त थियिन तर पनि बेलामौका मा कहिलेकही चलाउने गर्थी । www.facebook.com मोजिल्लाको अड्रेस बार मा तेत्ती के टाईप गरेकी थिई , अर्कै मान्छे को फेसबुक प्रोफाइल उस्का अगाडि खुल्यो । मुसुक्क हसेर उभिएको एउटा निकै ह्यान्ड्सम युवकको प्रोफाइल पिक्चर देख्दा एकछिन त उ अक्कबक्क परी । "अभय" नाम पनि राम्रो लाग्यो । ढाँटेको होइन भने उमेर पनि उस्को भन्दा दुई बर्ष मात्र बढी ! पहिलो चोटि तस्वीरमा देखेको अपरिचितको सबै कुरा एकदम मन्पर्यो उस्लाई । केही कुरा सोचेर मुसुक्क हांसी, अभय कै एकाउन्ट बाट आफ्नु नाम सर्च गरी अनि "add as Friend" म क्लिक गरी ।
त्यस्पछी उस्को एकाउन्ट बाट साइन आउट गरी, आफ्नु मा लग इन गरी, अनी "अभय" को फ्रेन्ड रिक्वेस्ट लाई "कन्फोर्म" गरी । प्रोजेक्ट, रिपोर्ट, रेफ्रेन्सेस को कुनै ध्याउन्न थिएन उस्लाई शायद बिर्सिसकी थिइ शायद ति कुरा । उस्को दिमागमा अब केबल अभय थियो अनि मनमा अभय लाई अझ जान्ने इक्ष्या !!
बेलुका घर पुग्ने बित्तिकै फेरी कम्प्युटर खोली उस्ले, साधारणतया घरबाट ईन्टरनेट चलाउने गरेकी थियिन उस्ले, त्यस दिन ईन्टरनेट पनि क्नेक्ट् गरी, अनी हतार हतार फेसबुक खोलेर अन्लाइन भै । किन किन उस्लाई अभय अन्लाइन हुन्छ जस्तो लागेको थियो र उस्को अनुमान सहि निस्कियो अभय साँच्चै अन्लाइन थियो ।
"Hey! Do we know each other ?" कुरा उसैले सुरु गरी ।
"Well.." उस्ले पनि रिप्लाइ गर्यो । "I do not think we do, I have no idea how did I add you in my facebook. I was kind of confused, when I got the notification that you accepted my request"
अभयले त्यसरी उदेक मानेको देखेर दँग परी उ, कसैलाई यसरी झुक्याउन पाउँदा निकै रमाइलो लाग्दै थियो उस्लाई ।
"Wow! त्यस्तो पनि हुदो रैछ है ? may be its some kind of bug, अहिले फेसबुकमा कत्ती थरिको बग आ'छन रे भन्थ्यो मेरो साथीहरुले ठिकै रैछ" निर्दोष झैं बनेर मन्मनै हाँस्दै भनी उस्ले !
"खोइ त्यस्तो त नहुनु पर्ने हो " बिचरा अभय साँच्चै निर्दोष थियो !!
"जे होस्, अहिले सम्म नचिनेर के भो त .. अब त चिन्न सकिन्छ नि होइन " आदत अनुसार नै फर्वार्ड हुँदै भनी उस्ले ।
"yea, sure" उस्ले जवाफ दियो शायद अलि अलि लाज मान्दै ।
"You know my name, right ? I am Alisha, Everest College मा BIT second year पढ्दैछु "
"कहाँ बानेश्वोर को एभरेष्ट ? "
"Yup"
"Oh, त्यहाँ त म आज दिउसो गएको थिएँ । Do you know Shruti ? BBA Third year पढ्ने ? उस्लाई भेट्न "
अभय ले यति के भनेको थियो उस्को मन त्यसै त्यसै चिसो भएर आयो अभयसँग कुरा गर्ने जोश - जाँगर सबै तेस्सै सेलाए जस्तो लाग्यो उस्लाई ।
"I don't know who she is. Okay then, I got to go. It was nice knowing you" कुराको बिट मार्न खोजी उस्ले ।
"Ok, Hope to meet you again :-), nice meeting you" उस्ले भन्यो ।
अलिशाले फेसबुक, ईन्टरनेट, कम्प्युटर सबै बन्द गरी अनी असाइन्मेन्ट गर्न तिर लागी, श्रुती भन्ने अर्कै केटी को नाम सुने पछि बिरक्तिएकी उस्ले अभयको बारे मा बढी केही सोधिन । मन पनि कस्तो हुदो रैछ कहिले कोही अपरिचित को नाम सुन्दा मक्ख पर्ने कहिले फेरी कुनै अपरिचित को नामैले दिक्क हुने । खासै भन्नु पर्दा त उस्कालागि "अभय" र "श्रुती" दुबै नाम उस्तै हुन अपरिचित, तर "अभय" ले ल्याएको खुशीयालीलाइ "श्रुती" ले आफुसङै लिएर गये जस्तो लाग्यो उस्लाई ।
त्यस्पछि लगत्तै उस्का एक्जाम र प्रोजेक्टका चटाराले गर्दा अलिशा अन्लाईन हुन पाइन, तर कम्तिमा पनि दिनको एकपटक अभय उस्को माष्तिस्कमा आउँथ्यो । अभयसंगै आउँथी श्रुतिपनि अनि अलिशालाई त्यसै त्यसै बैराग लाग्ने गर्थ्यो ।
एक्जामको अन्तिम दिनमा उस्का साथीहरुले एउटा गेट- टुगेदर राखेका थिए । उस्लाई जान त मन थिएन, तर स्मिताको करकापले गर्दा जान वाध्य भै उ ।
क्लासकै एकजना साथीको घरमा भएको गेट-टुगेदरमा उस्का सबै साथीहरु थिए । एक्जाम सकिएको खुशीमा उनिहरु हाँस्दै, नाच्दै, गाउँदै रमाइलो गर्दै थिए । तर उस्को मन कता कता उडिरहेको थियो । पहिले उ यस किसिमका कार्यक्रममा सकृय रुपमा सहभागी हुन्थी । "Heart of the parties" नामै राखेका थिए उस्का साथीहरुले तर त्यसदिन ... उ खुशी थिइन पटक्कै थिइन ।
"अलिशा, तेरो फेबरेट गीत होइन यो, के भाको छ हँ तँलाई आज ? एक्जाम बिग्रेको नी होइन होला तँ जस्तो पढुको" स्मिता पनि छक्क परेकी त्यसदिन बद्लिएकी उ देखेर । सुगम पोखरेलको "पाठशाला" गीत बजिरहेको थियो, अस्ती सम्मको उस्को फेबरेट गीत ।
"Guys, I think our Alisha is in love" जान्ने भएर बोल्यो सुलभ । सबै साथीहरु हासे , अनी उस्ले राती हुँदै जवाफ दिई "Please, त्यस्तो केही होइन, Its just that I am not feeling so good today" कुरा हुँदैथियो, प्राणव एकजना राम्री केटीको साथमा भित्र छिर्यो ।
"Hi Everyone! This is my girlfriend Shruti , हाम्रै कलेजमा BBA थर्ड एअर पढ्छ उ पनि " प्रणवले नयाँ मान्छे चिनायो । श्रुती नाम थियो उस्को पनि अलिशालाई त्यो नाम दुई तीन पल्ट सुने जस्तो भयो, प्रणवले त एकै पल्ट मात्र भनेको थियो।
ओहो यार प्रणवले त आफु सेकेन्ड एअरमा हुँदै थर्ड एअर को केटी लाई GF बनाएछ" स्मिताले शायद भन्दै थिई कानै मा, तर हिजो अस्तिकी अलिशा भये पो स्मिताको कुरो सुन्थी, उ केही जवाफनै नदिइ श्रुतीसँग परिचय गर्न तिर लागी ।
"हाइ, म अलिशा" श्रुतीसँग हात मिलाउदै भनी उस्ले । एकछिन यता-उताका कुरा गरेपछि उस्ले सोधी "तिम्रो क्लासमा अर्को पनि श्रुती छ कि तिमीमात्र हो ?"
"म मात्र हो किन र ? "
"होइन मेरो एकजना साथीले BBA को श्रुतीलाई चिन्छौ भनेर सोधेको थियो अस्ती भर्खर त्यसैले.."
"को हो र तिम्रो साथी, के नाम ?"
"अभय"
"How did you know him ? Oh wait wait, Alisha right ? फेसबुकमा भेट भाको भन्या होइन ? मलाई नि सोध्दैथियो अलिशालाई चिन्छस भनेर" निकै उत्साहित हुँदै भनी उस्ले
"ये हो र ? so is he your friend ? खास मैले त धेरै कुरा गर्न नि पाको छैन, एक्जामले गरेर "
"he is my cousin, हाम्रो joint family थ्यो अस्ती भखर सम्म .. age मा तेत्ती difference नभाको हुनाले we are like best friends, Oh, he is such a darling brother of mine, अनी I guess तिमीसँग कुरा गर्न लाई अलि desperate नि छ जस्तो लाग्छ"
जिस्क्याएको स्वरमा भनी श्रुतीले, उ लाजले पानी पानी भैसकेकिथिइ, अब उस्को एउटैमात्र ध्याउन्न थियो, कती बेला घर पुग्नु र ईन्टरनेट खोलेर फेसबुकमा अन्लाईन हुनु । कहिल्यै नदेखेको नचिनेको मान्छेसँग बोल्न, गफ गर्न उ अति ब्यग्र भैरहेकी थिइ । दिमागलाई यि कुरा लजिकल लागेको थिएन, पटक्कै थिएन । उस्लाई एउटा कुन हो मुभीको डाइलोग याद आयो "It was not logic, so it was love"
"Love" शब्द दिमागमा के आएको थियो उस्को त मुटुको भित्र कुनामा केही हल्चल भयो । सुन्दा असाध्यै illogical लाग्ने कुराहरु आँफैले महसुस गर्दै थिइ उ त्यसदिन ।
हतार हतार घर पुगेर फेसबुक खोली उस्ले, अभय अन्लाईन त थिएन तर एउटा ईमेल थियो अभयको नामबाट, ईमेलमा लेखिएको थियो :
Hi अलिशा,
I hope you are doing good. मैले भनेकै हुँ, मैले तिमीलाई कसरी फेसबुकमा add गरें भन्ने मलाई केही थाहा छैन, तर जुन दिन तिमीसँग कुरा गरें अनी तिम्रा फोटाहरु हेरें, मेरो मन एकतमासको भएको छ । तिमी कती बेला अन्लाईन आउलिउ र तिमीसँग अझ कुरा गरौंला यति मात्र खेल्छ अचेल मेरो दिमागमा । Please do not get me wrong Alisha, I just want to talk to you, know you more and be your friend. Will you please be my friend ?
Best of luck for your exams,
अभय
ईमेल पढिसक्दा सम्ममा अलिशाको मुटु बेस्सरी ढुक्ढुक गर्न थालेको थियो । अभयले उस्लाई साथी बन्ने प्रस्ताव राखेको थियो । भलै उ अभयका लागि केही अनौठा कुराहरु महशुस गर्थी मनभित्रबाट, तर अहिले नै नचिनी, नजानी उनिहरुको सम्बन्धलाई कुनै बिशेष नाम दिन पनि चाहन्नथी । अनि उस्ले पनि अभयलाई ईमेल लेख्न थाली:
Hello Abhaya,
I first want to apologize for being late in responding. I had been thinking about you, byt because of my exams and submissions, could not be online to talk with you.Yes, I also want to be your friend. भोली देखि त मेरो सेमेस्टर-ब्रेक छ, अरु केही प्लान पनि छैन, I can be able to be online at your time। Either be online tomorrow at this time , or तिमीलाई मिल्ने टाइम मलाई ईमेल गर है ।
Thank you for your sweet email and hope to meet you online soon.
Take Care,
Alisha
"hope to meet you online soon." लेख्नु भन्दा उस्लाई "Hope to meet you soon" लेख्न मन नलागेको होइन तर आफ्न मनमा उठेका छालहरुलाई नियन्त्रण गरेर संयमित हुन खोजी उ ।
आखिर कस्तो होला अभय, चुरोट खान्छ कि खाँदैन होला, बा-आमालाई कत्तिको सम्मान गर्दो हो, आस्तिक होला नि नास्तिक, पछि नेपालमै बस्न चाहन्छ होला कि बाहिर जान, उस्कालागी प्रेमले कस्तो महत्व राख्ला, यस्तै यस्तै कुराहरुको तर्कनामा रात बित्यो उस्को । मन-मष्तिस्कमा उठेका तमाम कुराहरुले निंदरीलाई आँखासम्म आइपुग्नै दिएनन ।
भोलिपल्ट अन्लाईन हुने समयसम्म पर्खिन उस्लाई साह्रै गाह्रो भयो । "पर्खाइको पिडा.." गीत कमलमान सिंहले त्यसै गाएका होइन रहेछन भन्ने आज बल्ल बुझी उस्ले ।
अभय अघिल्लो दिनकै समयमा अन्लाईन आयो ।
"Hey अभय, म तिमीलाई नै पर्खेर बसेको" कुरा फेरी उसैले सुरु गरी
कसैसँग कुरा गर्न, बोल्न कुनै अप्ठ्यारो लाग्दैनथ्यो उस्लाई पहिले पहिले । तर त्यसदिन उस्लाई अप्ठ्यारो लागेको थियो सुरुमा । सुरुमै मात्र लागेकोथियो अप्ठ्यारो, कुरा हुँदैगयो उ खुल्दै गई अनि उसँगै आफ्ना मनका कुरा खोल्दै गयो अभयलेपनि ।
"मलाई साथीहरुले "लजालु" भन्छन, श्रुतिले त झन एक्दमै जिस्काइरहन्छे, केटीहरु सँग बोल्न लाज मान्ने भनेर, त्यो ईमेल तिमीलाई लेख्दा पनि कत्तिचोटि correct गरेको थिए, कत्तिचोटि पढेको थिए" यसो भन्दा अभय उस्लाई एक्दम cute लागेको थियो । अभय honest र innocent छ भन्ने उस्ले बुझिसकेकी थिइ ।
त्यस्पछि हरेक दिन गफिन थाले उनीहरु । घर-परिवारका बारे, आफ्ना हब्बिहरुका बारे, भविश्यका बारे , फिल्महरुका बारे , हिरो-हिरोईनका बारे, देशका बारे, विदेशका बारे अनि लेखखरुका बारेपनि । अलिशा Wordsworth कि भक्त थिइ, अभय देवकोटाको पूजारी रहेछ । Wordsworth को "The Solitary Reaper" र देवकोटाको "गाउँछिन हँसिया गीत" का बारे मा चर्चा पनि गरे उनिहरुले । कतै कतै केही
केही कुराहरु फरक भये पनि उनिहरुका धेरै जसो आनिबानिहरु, सोचाइहरु र चाहनाहरु उस्तै उस्तै नै थिए ।
आफ्नो जिन्दगीनै बदलिये जस्तो लग्थ्यो उस्लाई अचेल, झर्को लाग्दैनथ्यो, रिस उठ्दैनथ्यो । अभय अन्लाईन नहुन्जेल, अन्लाईन भएपछी एसो भन्छु उसो भन्छु भन्ने सोच्थी, अनि अन्लाईन भएर अभय सँग कुरा गर्न थालेपछी, अभय भन्दा बाहिर पनि दुनियाँ छ भन्ने नै बिर्सिन्थी । अभय भन्थ्यो पहिले
कसैसँग उस्ले तेत्ति खुलेर कुरा गर्न सकेको थिएन, उ भन्थी पहिले कसैको लागि उस्ले यती मिठा मिठा भावनाहरु अनुभुत गरेकी थिइन । यसरी नै अघि बढ्दैथियो उनिहरुको "Elationship" ।
यत्तिकैमा अभयले उस्लाई भेटेर पनि कुरा गर्न मनलागेको कुरा राख्यो ।
"Can I come to your college to meet you ?" उस्ले सोध्यो ।
"Why do you want to meet me ?" अलि डराउँदै भनी उस्ले । त्यो डर के को थियो थाहा थिएन उस्लाई , किन भने अभयलाई भेट्न त उ पनि चाहन्थी ।
"Don't you ?"
"I do but.. OK then आज बेलुका ४ बजे हाम्रो कलेज gate मा भेटौँ न त " यत्ती लेख्दा उस्का हातहरु लग्लग कामिरहेका थिए ।
त्यसदिन उस्ले क्लासमा concentrate गर्नसकिन, स्मिताले त अब सोध्न पनि छोडिसकेकी थिइ, के भयो भनेर । पहिले कहिल्यै आफ्नु लूक्स को चिन्ता नगर्ने उस्ले त्यसदिन "मेरो कपाल कस्तो भाको छ ? यो एअर-रिङ्ग त राम्रो छ है ? कस्तो होला हाम्रो कलेज dress ,it does not suit on me at all " भनेर
स्मिताको दिमाग खाइसकेकी थिइ , अनि स्मिता तीन छक्क परेकी थिइ ।
यत्तिकैमा बेलुकाको चार पनि बज्यो । साथीहरुको नजरबाट आफुलाई बचाउंदै गेटसम्म पुगी उ । अभय पहिले नै त्यहाँ आइपुगेको रहेछ । फोटाहरुमा देखेको अनि मन-मश्तिस्कमा त्यसरी छाएको मान्छेलाई नचिन्ने त कुरै थिएन । मुसुक्क हाँस्यो अभय, अलिशाका मुर्ति जस्तै भई । नजिकको एउटा रेस्टुराँमा गये उनीहरु । अरुबेला को अलिशाले कुरा सुरु गर्थी, त्यसदिन अभय हड्बडाये झैं देखिएको थियो अलिशा कामिरहे झैं देखिएकी थिई ।
निकै बेरको मौनता पछि हिम्मत अभयले नै निकाल्यो ।
"So how was your day? "
"Good, yours ?"
"I don't know, एकतिर तिमीलाई भेट्नपाउने खुशी अर्कातिर भेटेर के भने भन्ने दुबिधामैं बित्यो मेरो त दिन"
"कस्तो दुबिधा ?" अलिशाले सोधी ।
"अलिशा, यो कुरा लाई कसरी तिम्रा अगाडि राख्नु भन्ने सोचेरै म पगल हुन लगिसकेँ, I think it was our destiny who made us add each other in facebook. I think our destiny wants us to be together. I think I love you, do you ?"
अभयले एत्ती छिट्टो छिट्टो यि कुरा भन्यो, मानौँ उस्ले रटेर आएको थियो यि सब कुरा ।
"I first want to confess one thing." यत्ती भनेर अलिशाले उसैले अभयको अकाउन्टबाट आफुलाई add गरेको कुराको बेलिबिस्तार लगाई . "I did not do anything to cheat anyone. I never meant to hurt you, but I do not know why I added myself in your facebook. Do you think its a cheating ? Do
you still love me ? " यति भन्दा अलिशाका आँखाबाट आशु बग्न सुरु गरिसकेका थिए ।
"साँच्चै ?" छक्क पर्यो अभय, अनि अलिशाका आँशु पुछ्दै भन्यो "Yes, I still do. Do you ?"
"Yes I do too" अलिशाले जवाफ दिई ।
यसरी ख्याल ख्यालमा सुरुभएको उनिहरुको "Elationship" एउटा अटुट "Relationship" मा बदलियो ।
~The End~