Sunday, August 16, 2009

आज फेरि...

आज फेरि त्यही घरको दैलो मैले टेकें
सपनीमा आज फेरि त्यही देश देखें

झलमल्ल हिमालले आभा छर्दै थिए
छहरा-छांगा प्रकृतिमा सुर भर्दै थिए
"सुन्दरता" लेख्न खोज्दा "नेपाल" मैले लेखें
सपनीमा आज फेरि त्यही देश देखें

साना-साना मन्दिरमा नि देवताको वास थियो
उनलाई खुशी बनाउने भक्तहरुको आश थियो
"शान्ती" माग्दै आरतीमा आँखा मैले सेकें
सपनीमा आज फेरि त्यही देश देखें

आज फेरि आफ्नै घरको दैलो मैले टेकें
सपनीमा आज फेरि त्यही देश देखें

सपनीमा आज फेरि त्यही देश देखें।।

13 comments:

  1. पढ्दा कता कता कुना मा केही ले छोएको जस्तो आभाष हुन्छ । सायद राष्ट्रप्रेम को आभाष मिलेको होला । निकै सुन्दर र शसक्त अभिव्यक्ति छ, साधना जी ! मलाई चाँहि मन पर्यो है यो कविता ।(कविता हो कि गजल ?) जेहोस्, आफ्ना भावनालाई निकै सुन्दर तरिकाले प्रस्तुत गर्नुभयो । हो त,
    "फेरिआज फेरि आफ्नै घरको दैलो मैले टेकें

    सपनीमा आज फेरि त्यही देश देखें"

    ReplyDelete
  2. साह्रै राम्रो लाग्यो । देश प्रेमको भावनाले सायद सबैको मन यसैगरी छुन्छ होला । अरुको जस्तै मेरो मन पनि भन्छ " फेरि त्यही घरको दैलो म टेकौ, सपनीमा आज फेरि त्यही देश देखौ ।"

    ReplyDelete
  3. आज मात्र त होइन होला हो ?

    ReplyDelete
  4. हाहाहा देश मा रहुन्जेल देश लाई गाली गर्‍यो अनी बिदेशिएपछी बल्ल देशको माया लाग्ने नेपाली को बानी नै हो

    तर कबिताको भावना सुन्दर छ

    ReplyDelete
  5. सबैजनालाई एकमुष्ट रुपमा धेरै धेरै धन्यवाद!!

    @एकल यात्रीज्यू, आज मात्र कहाँ हो र ? सँधै हो! :-)

    @ हावाज्यू, नराम्रा कुरा, खराब प्रवृत्तिहरुलाई गाली त्यहाँ हुँदा नि गरिन्थ्यो, यहाँपनि गरिन्छ नै तर भन्छन् नि "Sometimes distance makes love stronger" भनेर, त्यस्तै हुँदो रैछ विदेशिएपछि!

    ReplyDelete
  6. साह्रै चित्त बुझ्यो मलाई

    ReplyDelete
  7. कस्तो राम्रो कविता साधना जी!!

    ReplyDelete
  8. राष्ट्रप्रेमको मिठो कविता । राम्रो लाग्यो ।
    धन्यबादले बिट मारिसकेपनि मैले लेखे है साधना जी!!

    ReplyDelete
  9. सूर्य/सिकारुजीलाई पनि धन्यवाद :-)

    ReplyDelete
  10. Hi and hello to every one. i like this blog, its a nice and great, I got lots people are making blog. Please visit at www.nepalbizhouse.com
    www.goinnepal.com

    ReplyDelete
  11. Welcome to Travel Club (A Complete Travel House)
    Travel Club (P) Ltd is your host for ultimate travel adventure. With a view to promote the South Asian Tourism, Travel Club had been flying its wings since 1989 all over the world by providing the trekking, tour, white water rafting and wildlife adventure services on one hand. And on the other hand, Travel Club had also made travel easy for their clients by providing ticketing and hotel reservation services. Managed by superior professional team, we are dedicated to providing our clients the greatest opportunity for exploring and observing the wonders that surround us in this magnificent grandeur. By utilizing the experiences gained while guiding our clients over the pass 20 years, we have also developed an educational program that is exciting, unforgettable and thoroughly enjoyable. All ages and condition levels are invited to participate; there is adventure for everyone.

    ReplyDelete