Tuesday, June 29, 2010

तिम्रालागि

तिम्रालागि भावनाका तानाबाना बुन्दै छु म
मनै देखी निस्किएका शब्द-माला उन्दै छु म !!

दिर्घायु रहु, निरोगी रहु, चाहे जती पाउ सदा
हँसिलो र रसिलो भै जताततै छाउ सदा
शुभकामनाका मीठा भाव आज चुन्दै छु म
मनै देखी निस्किएका शब्द-माला उन्दै छु म !!

बगैंचाका फूलहरु नाच्छन् लगाई प्रीत आज
बज्दैछ कि हावा संगै जन्मदिनको गीत आज
नेपथ्यमा "ह्यापी बर्थ्डे टु यु" कतै सुन्दै छु म
मनै देखी निस्किएका शब्द-माला उन्दै छु म !!


तिम्रालागि भावनाका तानाबाना बुन्दै छु म
मनै देखी निस्किएका शब्द-माला उन्दै छु म !!

Friday, June 18, 2010

रुँदै थिईन देश...

घायल तन, मैला लुगा, छरिएका केश
आज मेरो सपनीमा रुँदै थिईन देश ।

भन्थिन उन्का छोराछोरी उन्का भएनन् रे
माया, प्रेम जस्ता कुरा अब रहेनन् रे
हावी भए रे जताततै तिरस्कार, क्लेश
भन्दै मेरो सपनीमा रुँदै थिइन देश ।

छोराछोरी उनैलाई कुट्न खोज्छन अरे
उन्का झिटिझाम्टापनि लुट्न खोज्छन अरे
बुढेस्काल्मा सहारा कोही भएनन् रे बेश
भन्दै मेरो सपनीमा रुँदै थिइन देश ।

घायल तन, मैला लुगा, छरिएका केश
आज मेरो सपनीमा रुँदै थिईन देश ।
   
(Picture Courtesy: http://beacononline.files.wordpress.com/2008/09/old-lady-nepal-flood.jpg)