Saturday, May 23, 2009

रहन्न कि

संसारमा मेरो कतै अवशेषै रहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

सारंङ्गीले नेपालको भाका गाउन छोड्योहोला
मीठो बोल्दै कोइलीले प्रित लाउन छोड्योहोला
अब मेरो कलमले नि नेपाल नाम कहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

हत्या हिंसा जताततै सुख शान्ती छैन कहिं
हतास हतास मुहारमा कुनै कान्ति छैन कहिं
देश प्रेममा पग्लिएर आँशु अब बहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

दुनियाँले नेपाललाई नेपालीलाई सहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि !!!!