Thursday, January 22, 2009

We need to do something now.

Dear all,

Today, I had a discussion with somebody regarding Buddha's birthplace and he later on sent a document to me via email. The document is nine pages long, so I am not being able to paste it as a whole. So, I am pasting the first page only. I can forward the whole document if you want. You just let me know your email address. This document is written by Ajit Kumar Tripathi, who belongs to the government of Orissa. His email address is:
ajitktripathy@hotmail.com

I have not read the whole document, I just want to share with you all first, I just have read the first page. The last line of the document says "When the same Sakyas Kolas are still found exclusively in Orissa, and when Mallas (Malias), the true worshippers (Upasakas) of Buddha are found in great numbers in Kapileswar near Bhubaneswar, will it not be ridiculous to put the birth place of Buddha in the Tarai region of Nepal? Would the historians answer this question?" Isn't it ridiculous ?

Whats going on in Nepal ? Does nepali government know about this issue ? Why are our ministers silent when Indian officers are publishing these sorts of papers ? Are our politicians concerned about their power and position only ? Or they just want to sell Nepal to India ?

Its the matter of our existance friends. Please speak and lets discuss about this. The first page of the document is as follows:



OHRJ, Vol. XLVII, No. 1
THE REAL BIRTH PLACE OF BUDDHA YESTERDAY’S KAPILAVASTU, TODAY’S KAPILESWAR
Ajit Kumar Tripathy
It has long been taken for granted that Kapilavastu, the capital city of the Sakyas, and Lumbini, the actual birth place of Goutam Buddha, were situated in the Nepalese
Tarai. The main basis of this belief is the inscribed pillar of Rummindei, recording the visit of the Mayuran emperor Asoka, the great to the place where Buddha was born. It is little
known that the same fact in similar words and script existed in Orissa. So much has been taken for granted on this issue that few scholars are now prepared to go deep into the
matter. That Buddha was born in India and not in Nepal, needs to be accepted on the basis
of a number of proofs, which are discussed in this article.
Dr. Cunningham in his “Ancient Geography of India” points out the place where from
the Tarai inscription had been discovered is not at all related to the name Kapilavastu or
even the name Kapila. And the noted historian Dr. Smith asserts that the place of the
discovery of the Tarai inscription was never called Rummindei; it was a forged name given
to it by archaeologist Dr. Fuhrer. Besides it has been proved that Buddhism had not been
adopted in Nepal till the 6 th century A.D. In face of all these clear-cut statements of noted
scholars, it is quite sane to focus our attention on the village Kapileswara in Bhubaneswar
in Orissa.
The centuries old Kapileswara village has got some similarity with the Kapilavastu
in name and a region nearby called Lembai is similar to Lumbini. According to Tripitaka,
Lumbini was a small estate with its capital at Kapilvastu. Till recently, as can be seen from
maps of 1817 AD there was a Lembai Pragana; and Kapileswara was a part of it. Besides, the inscription of Kapileswara village corroborates the statement of Tripitaka and the Kalinga war of Asoka. The mention of the era of Buddha and the name of the scribe in the said inscription help us to take this as genuine. Out of four places hallowed in memory of Buddha, one is his birthplace Kapilavastu. When the birthplace sculptures were destroyed, the Buddhist monks searched for a new place in the dense forests of Tarai region in Nepal and put another stupa there. .........



Wednesday, January 21, 2009

Not Completed yet

निर्दोषहरु निर्ममतासाथ मारिएर फालिंदैछन्
बिकास-निर्माण पट्याएर गोजिभित्र हालिँदैछन
यी कुरा त झिना भये याद गर्ने समय छैन
सिनेमाका कुराहरुमा हेर टायर बालिंदैछन्

अन्यायको बिरुद्धमा बोल्ने मुख टालिंदैछन
सत्य लेख्न खोज्ने कलम खोसी, भांची फालिंदैछन्
राजनीति होलान् यी त हामीलाई वास्ता छैन
सिनेमाका कुराहरुमा हेर टायर बालिंदैछन 

Sunday, January 18, 2009

ब्लगिङ नशा जस्तै भइसकेछ कि मलाईपनि । बिहान उठ्ने बित्तिकै आफ्नो ब्लगरोलमा भएका ब्लगका नयां नयां पोष्ट पढ्न मनलाग्छ चाहे जतिसुकै काम होस् । अनि एउटा पोष्ट लेखेको दुइ-चार दिन पछि नै के लेखम के लेखम् नि हुन्छ .... त्यसैले लाग्छ ब्लगिङ नशा झैं भैसकेछ मलाईपनि!!

चार वर्ष जस्तो अगाडि, (बिइ को दोस्रो वर्षमा थिएं होला) लेखेको एउटा कविता पोष्ट गर्न मनलाग्यो मलाई । मेरो त्यसबेलाको अवस्थासँग यो कविता ठ्याक्कै मिल्थ्यो भने अहिलेको अवस्थासँग नि मिल्न मिल्न खोज्छ  ( फरक यतिमात्र हो, मेरो अहिलेको अवस्थामा सेमेस्टर छ महिनाको हुँदैन ) !  मेरो कविता को शीर्षक छ - "म" --

प्रत्येक छ छ महिनामा नौलो युद्ध लड्दछु म
जित हासिल गर्न सके  खुड्किलोमा चड्दछु म


साना साना आँखाभित्र, ठूला ठूला सपना छन्
विश्वास छ एकदिन, पुरा पनि गर्दछु म
सुन जडित भविष्यले कुर्दै होला मलाई नै
उसैसम्म पुग्न हरेक घडि अघि सर्दछु म

त्यसैले त सेमेस्टरै पिच्छे युद्ध लड्दछु म
जित हासिल गर्न सके  खुड्किलोमा चड्दछु म

प्रत्येक छ छ महिनामा नौलो युद्ध लड्दछु म
जित हासिल गर्न सके  खुड्किलोमा चड्दछु म !!

Sunday, January 11, 2009

गीत

म कल्पनाका कुराहरु लेख्न मनपराउँछु । जे मेरो वास्तविक जीवनमा घटिरहेको छैन त्यो कुरा लेख्न रमाइलो लागे जस्तो लाग्छ । यस्तै कल्पनाका उडान भरेर लेखिएको हो यो रचना पनि --- :-)

जप्छु अचेल तिम्रै नाम बिहान अनि साँझ
यो रुपको बयान गरुँ कसरी म आज ।।

हेलम्बुका स्याउ जस्ता तिम्रा राता गाला
त्रिशुलीको जस्तै तिम्रो नागबेली चाला
तिम्रो नाममा लाउँदा लाग्छ उपमालाई लाज
यो रुपको बयान गरुँ कसरी म आज

गुराँस जस्तो मुस्कान तिम्रो बादलुको केश
सबै गुणकी धनी तिमी सबै भन्दा बेश
तिमी राम्री गुणी साह्रै आफूलाई नदाँज
यो रुपको बयान गरुँ कसरी म आज

भाग्यमानी बनाइदेउन मलाई पनि आज
बस्न देउ न मलाई तिम्रो सुन्दर मन माझ
जप्छु अचेल तिम्रै नाम बिहान अनि साँझ
यो रुपको बयान गरुँ कसरी म आज ।।

Saturday, January 3, 2009

हारेको मान्छेको व्यथा

 हारेको मान्छेको व्यथा
चाह छैन मनको केही, मैले मन मारिसकें
मुस्कानलाई आफ्नै मुहारबाट पर सारिसकें
आउन सक्ने खुशीलाई नि अब मैले टारिसकें
यस्तो लाग्छ आफ्नो जीवनसँग आफैं हारिसकें

अँध्यारो छ जताततै, उज्यालोको नाम छैन
लाग्छ पुरै संसारमा मेरो केही काम छैन
आशा, उत्साह छैन केही मन उहिले मारिसकें
यस्तो लाग्छ आफ्नो जीवनसँग आफैं हारिसकें

बाँच्न मन छैन तर कायरता हो मर्नु पनि
कति सहुँ पल पल आफ्नै नजरबाट झर्नु पनि
आँखा अब सुख्खा भए आँशु सबै झारिसकें
साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें ।।
              साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें ।।
      

Tuesday, December 30, 2008

Happy New Year 2009

May the year 2009 bring peace, prosperiety, abundance of happiness, wealth and success in your life.
 
 

Tuesday, December 23, 2008

नयाँ

नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ
हाम्रो नेपाल पुरानै छ, तिम्रो जीवनशैली नयाँ

सबै ठूला पदहरुमा आफ्नै चम्चाहरु भर्यौ
उपहार भन्दै घुस, लिई तिमी दङ्ग पर्यौ
हाम्रो आङ नङ्ग्याएर, तिमी लाउँछौ सुट नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

धिक्कार छ हामीलाई तिम्रो विश्वास गर्यौं किन
तिम्रा मिठा कुराहरुको जालमा हामी पर्यौं किन
हामीलाई नै लत्याएर, तिमी चाल खेल्छौ नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

हामी सबै पुरानै छौं, हाम्रा नेता आए नयाँ
हाम्रो नेपाल पुरानै छ, उनको जीवनशैली नयाँ
उनको जीवनशैली नयाँ ।।।

जोगी जुन आएपनि, कान किन चिर्या हुन्छ ???

शाही ठाँटबाँट!
सर्वहाराको मुक्तिका लागि भनी १० वर्ष चलाइएको 'जनयुद्ध'मा झ्ाण्डै १४ हजारको ज्यानको बाजी लगाएर सत्तामा पुगेको नेकपा मा'वादीका नेताहरूको जीवनशैली घरानियाँ बन्दै गएको छ। सन्तोष बराइली को रिपोर्ट--------
 प्रधानमन्त्री तथा मावादी अध्यक्ष पुष्पकमल दाहाल खानामा घिउ हालेको लोकल मन्सुली चामलको भातसँगै नियमित लोकल कुखुरा र खसीको मासु मन पराउँछन्। मासको दाल, काउली, आलु र रायोको साग पाए उनको रुचि बढ्छ। खानपानसँगै पहिरनका पनि सौखिन प्रम दाहाल औपचारिक कार्यक्रममा सुट र घर बस्दा लुङ्गी वा ट्र्याकसुट लगाउँछन्। प्रमसँग २० जोर सुट र करिब एकदर्जन पाइन्ट भएको उनका स्वकीय सचिव बिके श्रेष्ठ बताउँछन्। यसबाहेक एकदर्जन भन्दा बढी सर्ट, ज्याकेट, स्वेटर, भेस्ट र ट्र्याकसुट छन्। कालो छालाको जुत्ता मन पराउने प्रम दाहालसँग बाँसवारी, स्काई र टिपटप जस्ता स्वदेशी कम्पनीकै सात जोर जुत्ता छन्।
प्रधानमन्त्री बनेपछि आफ्ना लागि कपडा नकिनेका प्रम दाहालको आवश्यकता उपहारकै लुगाबाटै टरेको स्वकीय सचिव श्रेष्ठ बताउँछन्। कुनै समय प्रम दाहालको नाडीमा सुशोभित रु.५० हजार जतिको राडो घडी पनि नेपालका एक चर्चित उद्योगपतिले उपहारस्वरुप दिएको सचिव श्रेष्ठ बताउँछन्। कार्यकर्ताहरूबीच विवाद र सार्वजनिक चर्चाको विषय बनेपछि अहिले त्यो घडी बालुवाटार निवासको शयनकक्षमा सजिएको छ।
पछिल्लो समय चर्चामा आएको प्रधानमन्त्रीको डेढ लाख रुपैयाँ पर्ने भनिएको पलङ चीनबाट मगाएको सचिव श्रेष्ठ बताउँछन्। उनको भनाइ छ, “हल्ला भएजस्तो डेढ लाख रुपैयाँ पर्ने पलङ चाहिँ होइन त्यो। करिब रु.७० हजार परेको यस्तै डिजाइनको पलङ एकैलटमा राष्ट्रपति, उप-राष्ट्रपति र सभामुखलाई पनि उपलब्ध गराइएको थियो।” सम्वाददातालाई श्रेष्ठ थप्दछन्, “अरूले त यसै लेखे, तपाइँ सोध्न त आउनु भो।”
प्रम दाहालको दैनिकी पनि रोमाञ्चक छ। बिहान चार बजे उठ्ने उनी दुई घण्टा छ्यानमै पुस्तकहरू पढ्छन्। त्यसपछि छोरा प्रकाश र भतिजा समिरसँग करिब आधाघण्टा ब्याडमिन्टन खेलेर नित्यकर्ममा लाग्छन्। सधैँ क्लिनिक प्लस स्याम्पूले नुहाउने र कपालमा डाबर आँवला तेल लगाउने प्रम दाहालले कहिल्यै जेल नलगाएको स्वकीय सचिव श्रेष्ठको भनाइ छ। यसअघि प्रमले जेल लगाउने गरेको भन्ने चर्चामा आएको थियो। नुहाइधुवाइपछि कालो चियाको चुस्की लिँदै पत्रपत्रिका पढ्ने अनि विशेष भेटघाटलाई समय छुट्याउने प्रम बिहान आठ बजे खाजा र १२ बजे खाना खान्छन्। बिहानको खाजामा गहुँको रोटी र रायोको साग मन पराउँछन् भने खानापछि एक घण्टा जति आराम गर्छन्।
सिनेमा हेर्न र गीत सुन्न रुचाउने प्रम दाहालको आवश्यकता छोरा तथा निजी सचिव प्रकाशले पुराना हिन्दी र नेपाली सिनेमाका सीडी ल्याएर पूरा गरिदिन्छन्। कतिपय नेपाली गीत गायकहरू स्वयंले पनि ल्याइदिने गरेका छन्। परिवार र मिल्ने साथीभाइहरूसँग चुट्किला भनेर रमाइलो गर्ने दाहालको पुरानो बानी प्रधानमन्त्री भएपछि पनि छुटेको छैन। फुर्सदको बेला १० वर्षकी नातिनी स्मिता (गङ्गा दाहालकी छोरी)सँग गीत गाउने होडबाजी नै चल्छ। सचिव श्रेष्ठ थप्छन्, “गीत गाउन सिपालु नातिनी स्मिता र लोक तथा झयाउरे गीत मन पराउने प्रधानमन्त्री बीच कडै प्रतिस्पर्धा हुन्छ।”
बेलुकी टिभीको रिमोट प्रम दाहालकै नियन्त्रणमा हुन्छ। देश-विदेशका च्यानलहरूको समाचारसँगै हास्य टेलिसिरियल चाख मानेर हेर्ने प्रम दाहाललाई नेपाल टेलिभिजनबाट आउने तीतो सत्य मन पर्छ। श्रेष्ठको भनाइमा मनोज गजुरेलको हालै बजारमा आएको हास्य सीडी फोटोकपी उनले धेरै पटक हेरिसके। प्रम दाहाल बेलुकी खाना खाएर आठ बजेको नेपाल टेलिभिजनको समाचार हेर्नासाथ सुत्छन्।

थकान मेट्न मदिरा
राज्य पुनर्संरचना तथा संस्कृति मन्त्री एवं मावादी केन्द्रीय सदस्य गोपाल किराँतीलाई युद्धकालमा मदिरा पिउनेहरूलाई भाटे कार्वाही गरेको आजै जस्तो लाग्छ, तर आजभोलि उनी आफैँ थकान मेट्न सुत्नुअघि नियमित मदिरा पिउँछन्, त्यो पनि स्कच ह्विस्की! २० मङ्सिरमा सिंहदरबारस्थित कार्यालयमा आफ्नो जीवनशैलीबारे बताउँदै मन्त्री किराँतीले भने, “भेट्न आउनेहरूले उपहारस्वरुप रेड लेबल, ब्ल्याक लेवलजस्ता विदेशी मदिरा लिएर आउँछन्। उपहार फर्काउने र फ्याँक्ने कुरा भएन, त्यसैले थकान मेट्न सुत्नुअघि एक-दुई पेग पिउँछु।”
किराँतीले परिवारको गर्जो टार्न २०३९ देखि २०४५ सालसम्म दिनको रु.३० देखि ५० ज्यालामा काठमाडौंको ज्ञानेश्वर क्षेत्रमा भरियाको काम पनि गरेका थिए। कठोर राजनीतिक यात्रासँगै मन्त्री बनेका उनको जीवनशैलीमा अहिले ठूलै परिवर्तन आएको छ। रु.२० हजारको कोट र १६ हजारको घडी लगाउने हैसियत राख्ने किराँती भन्छन्, “महँगा लुगा र घडी मैले पैसा हालेर किनेको हैन, विदेशमा बस्ने साथीहरूका उपहार हुन्।” हङकङमा बस्ने साथीले घडी र लण्डनको साथीले कोट पठाइदिएको बताउँदै उनले ती साथीहरूको नाम भने खुलाउन चाहेनन्। प्रायः कटराइजको पाइन्ट, टि-सर्ट, सर्ट र ज्याकेट लगाउन रुचाउने मन्त्री किराँतीसँग अहिले पाँच जोर सुट छन्। उनी भन्छन्, “सत्तामा आएपछि जीवनशैलीमा केही परिवर्तन हुनु स्वाभाविक हो।”
बिहान पाँच बजे उठ्ने मन्त्री किराँती महिनामा एकपटक नुहाउँछन्। उनी भन्छन्, “मैलो फाल्न नुहाउने हो, मैलो नपरेसम्म नुहाउँदिनँ।” खानामा उनलाई कोदाको ढिँडो र सुँगुरको मासु मनपर्छ। तर अहिले कोदाको पीठो नपाएर मसिनो बासमती चामलले छाक टारिरहेको बताउँछन्। युद्धकालमा गाई-गोरुको मासु प्रशस्त खाएको बताउँदै उनी भन्छन्, “अहिले सातामा एकपटक मासु खाइन्छ। मुसुरोको दाल, हरियो सागसब्जी मन पर्छ। बेलुकी प्रायः गहुँको रोटी खान्छु।” सपरिवार मन्त्रीक्वार्टरमा बस्ने किराँतीका एक मात्र छोरा नयाँबानेश्वरको एउटा निजी बोर्डिङ स्कूलमा सात कक्षामा पढ्छन्।
रक्षामन्त्री तथा मावादी केन्द्रीय सदस्य रामबहादुर थापा बादल चाहिँ शास्त्रीय सङ्गीत सुनेर मनोरञ्जन लिन्छन्। भारतीय गायिका शोभा मुद्गल उनकी फेवरेट हुन्। टेलिभिजनमा धेरैजसो समाचार हेर्ने र शुक्रबार-शनिबार बेलुकी ९.३० मा जी टिभीबाट प्रसारण हुने साङ्गीतिक कार्यक्रम सारेगामा हेर्न सकेसम्म नछुटाउने मन्त्री थापाले फुर्सदका बेला सिनेमाहरू हेर्ने गरेको उनका छोरा तथा सहायक स्वकीय सचिव प्रतीक बताउँछन्। अङ्ग्रेजी फ्योरन्हाइट र नाइन इलाभेन, हिन्दी मोहब्बते रक्षामन्त्रीले मनपराएका सिनेमा मध्ये हुन्। समकालीन साथी र नेताहरूलाई हिन्दी चुट्किला सुनाएर ठट्टा गर्ने थापाको मुझ्े धक्का किसने दिया भन्ने जोक निकै पपुलर छ।
धेरैजसो कोट-पाइण्टमा ठाँटिने रक्षामन्त्रीको रुचिकै पहिरनमा पर्छन्― ज्याकेट, टिसर्ट र सर्टहरू। उनीसँग यतिखेर रु.५ हजार पर्ने दुई जोर सुट छन्। त्यसैगरी डेढ दर्जनको हाराहारीमा कोट, पाइन्ट, ज्याकेट, टिसर्ट र हाफ स्वेटर रहेको छोरा प्रतीकले बताए। बेलायतमा बस्ने बहिनीले कपडाहरू पठाइदिने गरेको र उनले अहिले बहिनी-ज्वाइँले पठाइदिएका सिको घडी बाँधिरहेका प्रतीक बताउँछन्। हालै मात्र नेपाल भ्रमणमा आएका चिनियाँ जनमुक्ति सेनाका उप-प्रमुख लेफ्िटनेन्ट जनरल मा जियासियानले उपहार दिएको घडी चाहिँ थापाले छोरालाई नै लगाउन दिएका छन्।
उच्च रक्तचाप (हाई ब्लडप्रेसर)का कारण मासुको साटो महिनामा दुई पटक माछा खाने थापा माछाको टाउको मीठो मान्छन्। बिहानको खानामा दालभात र तरकारीमा लौका, तीतेकरेला रुचाउने उनलाई बेलुकी गहुँको रोटी र रायोको साग चाहिन्छ। भेज मम उनलाई मन पर्ने परिकार हो। प्रतीक थप्छन्, “ब्लड प्रेसरकै कारण उहाँ मसला र नुन कम खानुहुन्छ। खाना खाइसकेपछि फलाहारमा उहाँलाई स्याउ चाहिन्छ।”
रक्षामन्त्री बिहान पाँच बजे उठ्छन्, १० मिनेट शारीरिक व्यायाम गर्छन् र त्यसपछि कालो चिया पिउँदै आधा घण्टा विभिन्न पत्रपत्रिका पढ्छन् अनि पस्छन् स्टडी रुममा, जहाँ आधा घण्टा एक्लै बसेर चिन्तन गरेपछि लाग्छन् नित्यकर्मतिर। दैनिक नुहाउने उनी पेन्टिन स्याम्पू प्रयोग गर्छन्। बिहानको खाना १०.३० मा खाने रक्षामन्त्री थापा बेलुकीको खाना पनि १०.३० मै खान्छन्। सुत्नुअघि विभिन्न टेलिभिजन च्यानलमा समाचार हेर्छन्। २०३१ सालदेखि राजनीतिमा लागेका रक्षामन्त्री थापा कृषिमा उच्चशिक्षा अध्ययनका लागि रूस गए पनि बीचैमा फर्किई भूमिगत राजनीतिमा लागेका थिए।
नुहाउँदा पेन्टिन स्याम्पू प्रयोग गर्ने र दुई महिनामा एक पटक कपालमा रातो मेहन्दी लगाउने श्रम तथा यातायात मन्त्री लेखराज भट्ट १४ वर्षको उमेरदेखि नै कपाल फुल्न थालेपछि रातो मेहन्दी लगाउने गरेको बताउँछन्। प्रायः मिक्स जिन्स र कटराइजको पाइन्ट लगाउने उनले सभासद् बनेयता कोट किनेर लगाउन थालेका हुन्। उनी भन्छन्, “श्रीमतीले जे किनिदिन्छे त्यही लगाउँछु। म आफू केही पनि किनमेल गर्दिनँ।”
खानामा मन्त्री भट्टलाई साधारण दालभात, आलुको तरकारी र हरियो सागसब्जी चाहिन्छ, मासु त्यति मन पर्दैन। बेलुकी खानामा गहुँको रोटी र साग नै चाहिन्छ। बिहान ९.३० बजे खाना खाने श्रममन्त्री बेलुकी १० बजे खाएर सुत्नुअघि टेलिभिजनमा समाचार र रेस्लिङ एवं द्वन्द्वप्रधान कार्यक्रम र सिनेमा हेर्छन्। हिन्दी सिनेमा शोले उनकोे मन पर्ने सिनेमा हो। बिहान चार बजे उठ्ने मन्त्री भट्ट बेलुकी ११ बजे सुत्ने गर्छन्। सङ्घर्षकाल र अहिलेको जीवनशैलीमा खासै परिवर्तन नआएको बताउँदै उनी भन्छन्, “कस्तो जीवनशैली अपनाउने भन्ने कुरा आफैँमा भर पर्छ।”
लाउने खाने कुरामा त्यति महत्व नदिने मावादी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराप्रायः पाइन्ट, टि-सर्ट, सर्ट लगाउन रुचाउँछन्। उनले मन्त्री बनेपछि कोट लगाउन थालेका हुन्। स्वकीय सचिव कगेन्द्रका अनुसार साधारणतया दाल-भात-तरकारी रुचाउँने महरालाई बेलुकी रोटी र दाल चाहिन्छ। नसासम्बन्धी समस्याका कारण मासु उतिसारो खाँदैनन्। बिहान ४.३० मा उठ्ने महरा बेलुकी ११ बजे सुत्छन्। बिहानको नित्यकर्म सकेपछि उपलब्ध सबै पत्रपत्रिका पढ्छन् अनि कालो चिया पिउँछन्। राजनीतिक विषयका सिनेमाहरू हेर्ने मन्त्रीको मन पर्ने सिनेमा हो― बलिदान। बाटोमा हिँड्दा गाडीमा प्रगतिशील गीतहरू गुन्गुनाउने मन्त्री महरालाई रामेशले गाएको गाउँ गाउँबाट उठ..., बोलको गीत मन पर्छ। बेलुकी टेलिभिजन समाचार हेर्ने र बीबीसी नेपाली सेवाको समाचार अनिवार्य सुन्छन्। नयाँ ठाउँहरू घुम्नु मन्त्री महराको विशेष सोख भएको बताउँदै स्वकीय सचिव कगेन्द्र भन्छन्, “तर समयको अभावले उहाँको घुम्ने इच्छा पूरा भएको छैन।”
सभासद्का सोख
मावादी सभासद् तथा अधिवक्ता खिमलाल देवकोटा संविधानसभामा सधैँ सुटमा ठाँटिएर जान्छन्। उनी भन्छन्, “सुट लगाउने मेरो सोखै हो। १२ हजार मूल्य पर्ने चार जोर मेरो सुट छ, छुट्टै कोट पाँच वटा छन्। टाईमा म्याच गर्ने भएकाले सेतो कलरको सर्ट मात्रै १५ वटा किनेको छु। कतै घुम्न निस्कँदा जिन्स पाइन्ट र टि-सर्ट लगाउँछु।” देवकोटा आफ्नै ल्यापटपमा इन्टरनेट चलाएर बस्छन्। आफूसँग दुई वटा ल्यापटप भएको जानकारी गराउँदै देवकोटा भन्छन्, “दुवै ल्यापटप क्लाइन्टहरूले मुद्दा जिताइदिएबापत उपहार दिएका हुन्।” बिहान पाँच बजे उठ्ने देवकोटा एक घण्टा छ्यानमै बसेर बीबीसीको अङ्ग्रेजी रेडियो समाचार सुन्छन्। बालाजुको गोलढुङ्गामा फ्ल्याट लिएर बसेका उनकी श्रीमती अधिवक्ता लक्ष्मी शर्मा काममा र छोराछोरी स्कूल जाने भएकाले बिहान आठैबजे खाना खाइसक्छन्। छोराछोरी सिद्धार्थ वनस्थली स्कूलमा पढ्छन्। २०३८ सालबाट वाम राजनीति शुरु गरेका देवकोटा बेलुकी नौ बजे बेडमा पस्छन् र आधुनिक गीतहरू सुन्दै राति १२ बजेसम्म लेखहरू लेख्छन्, टिभीमा मनपर्ने सिरियलहरू हेर्न पनि छुटाउँदैनन्। खानामा दाल-भात-तरकारी रुचाउने उनी सातामा एकपटक ब्रोइलर कुखुराको मासु खाने गरेको बताउँछन्।
मावादी केन्द्रीय सदस्य तथा सभासद् टोपबहादुर रायमाझी प्रायः कोट र कटन पाइन्टमा ठाँटिन रुचाउँछन्। पहिरनमा सोख भएको स्वीकार्दै उनी उपहारको रूपमा नर्वेमा बस्ने इञ्जिनियर साथी कृष्ण अर्याल र शङ्कर गैरेले दिएका दुई-दुई वटा, लण्डनमा बस्ने अर्का साथीले दिएको तीन वटा र सभासद् विनोद पहाडीले दिएका दुई वटा गरी नौ वटा कोटसँगै ६ वटा पाइन्ट आफूसँग रहेको उनले बताए। कोटसँग सम्बन्धित उनको चाखलाग्दो विगत पनि छ। २०४५ सालमा उनले रु.३५ को सेकेण्डहेन्ड कोट र रु.२५ को जुत्ता लगाएर विवाह गर्नुपरेको थियो। खानामा दाल-भात-तरकारी र रोटी उनलाई मन पर्छ। बिहान पाँच बजे ब्यूँझ्ने उनी १५ मिनेटपछि मात्रै बेडबाट उठ्छन्। नुहाउँदा पेन्टिन स्याम्पू प्रयोग गर्ने रायमाझी कपालमा नियमित क्लिनिक प्लस तेल र चार महिनामा एक पटक रातो मेहन्दी लगाउँछन्। बेलुकी सुत्नुअघि समाचार र विदेशी सिनेमाहरू हेर्ने गरेका उनलाई हिन्दी लगान, माचिस, मदर इण्डिया, इन्कलाब र चिनियाँ ब्रेकिङ्ग विथ 'ल्ड आइडियाज मन पर्ने सिनेमा हुन्। २०३० सालबाट राजनीतिमा लागेका रायमाझी हरेक दिन डायरी लेख्छन्। उनी सिनामङ्गलमा फ्ल्याट लिएर श्रीमतीसहित बस्दै आएका छन्।
तीनकुनेमा चिनियाँ इँटाले बनेको चारतले घरको एउटा फ्ल्याट लिएर बसेका मावादीको नेवा राज्य समिति सचिव तथा सभासद् झ्क्कुप्रसाद सुवेदीबक्स पलङमा आरामको निन्द्रा सुत्छन्, डाइनिङ टेबुलमा भोजन गर्छन्, बजाज पल्सर बाइक चढेर हिँड्छन् अनि कम्प्युटरबाट विश्व नियाल्छन्। संविधानसभाको चुनावमा काठमाडौँबाट नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका उनी भन्छन्, “तर मैले आफ्नै पैसा खर्च गरेर चाहिँ डाइनिङ टेबुल र एउटा दराज मात्रै किनेको हुँ, बाँकी सबै सामान साथीभाइ र शुभचिन्तकहरूका उपहार हुन्।” कतिपय उद्योगी व्यापारीहरू त कार समेत उपहार दिन आएका तर आफूले लिन नमानेको सुवेदीले बताए।
प्रायः कोट-पाइन्टमा ठाँटिएर हिँड्ने सुवेदी आफूले लगाउने खानेलाई खासै महत्व नदिएको बताउँछन्। घर बस्दा जाडो छल्न वाईसीएल नेता तथा सभासद् चन्द्रबहादुर थापा सागरले उपहार दिएको लेदरको ज्याकेट लगाउँछन्। उनलाई मनपर्ने परिकार आफैँले पकाएको खीर हो। उनको घुम्ने सोख छ। युद्धकालमा ६० जिल्ला सदरमुकाम घुमिसकेका उनले अब पचहत्तरै जिल्ला घुम्ने योजना बनाएका छन्। सिनेमा नहेर्ने सुवेदीलाई नेपाल टेलिभिजनबाट प्रसारण हुने तीतो सत्य र जिरे-खुर्सानी मन पर्छन्। बिहान पाँच बजे छ्यान छाड्छन् र बेलुकी ११ बजे सुत्छन्। २०३६ सालमा राजनीतिमा लागेका सुवेदी भन्छन्, “युद्धकालमा भन्दा व्यस्तता बढेको छ अहिले, जीवनशैलीमा नियमितता केही छैन।”
बिग्रे कामरेड
मावादीसँग आबद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष तथा सभासद् जयपुरी घर्तीमगर मावादीका केही नेता र मन्त्रीहरूको विलासी जीवन शैलीले सिङ्गो पार्टीप्रति जनताको धारणा नकारात्मक बनाउँदै गएको बताउँछिन्। उनी भन्छिन्, “मावादीका नेता-कार्यकर्ता सामूहिक, मितव्ययी र सर्वहारा शैलीको हुनुपर्छ। तर अहिले हाम्रा नेता र मन्त्रीहरूको जीवनशैली व्यक्तिगत स्वार्थबाट प्रेरित हुँदै गएको छ। यसले जनता र नेताबीच वर्गीय खाडल निम्त्याउने सम्भावना रहेकाले यस विषयमा पार्टीभित्र गम्भीर छलफल र बहस भइरहेको छ।”
६-११ मङ्सिरमा भक्तपुरको खरिपाटीमा सम्पन्न मावादीको राष्ट्रिय कार्यकर्ता भेलामा नेताहरूको बढ्दो विलासी जीवनशैलीलाई लिएर असन्तुष्ट धेरै कार्यकर्ताले खुलेरै आलोचना गरेको घर्तीले बताइन्। उनका अनुसार, प्रधानमन्त्री तथा अध्यक्ष दाहालको पलङ, घडीको विषयमा पनि धेरैले आलोचना गरेका थिए; तीब्र आलोचना हुन थालेपछि प्रमले आत्मालोचित हुँदै आगामी दिनमा सबै कुरालाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता जनाएकाले मात्र स्थिति सामान्य भएको हो।
 -- http://www.himalkhabar.com/hkp/news.php?id=2143

 


Wednesday, December 17, 2008

The Sari Soldiers

The Sari Soldiers
A film by Julie Bridgham
US/Nepal, 2008, 90 minutes, Color, DVD, Nepali/English, Subtitled
Order No. W09950

Filmed over three years during the most historic and pivotal time in Nepal’s modern history, The Sari Soldiers is an extraordinary story of six women’s courageous efforts to shape Nepal’s future in the midst of an escalating civil war against Maoist insurgents, and the King’s crackdown on civil liberties. When Devi, mother of a 15-year-old girl, witnesses her niece being tortured and murdered by the Royal Nepal Army, she speaks publicly about the atrocity. The army abducts her daughter in retaliation, and Devi embarks on a three-year struggle to uncover her daughter’s fate and see justice done. The Sari Soldiers follows her and five other brave women, including Maoist Commander Kranti; Royal Nepal Army Officer Rajani; Krishna, a monarchist from a rural community who leads a rebellion against the Maoists; Mandira, a human rights lawyer; and Ram Kumari, a young student activist shaping the protests to reclaim democracy. The Sari Soldiers intimately delves into the extraordinary journey of these women on opposing sides of the conflict, through the democratic revolution that reshapes the country’s future.