Friday, April 18, 2008

वाओ !! रिमिक्स गीत

समाचार पो कतै आउँदै छ कि भनेर एफ एम रेडियोको कान बटार्दै के थिएँ, नारायण गोपालको "यो सम्झिने मन छ, म बिर्सुं कसोरी....." गीतले कोठा गुञ्जायमान भयो । " हिन्दी, अंग्रेजी, पप र र्याप गीत सुनाउनु नै गौरव सम्झने एफ एमहरु मध्ये कुन चाहिंले यो सुमधुर गीत बजाएछ ! कतिपय एफ एममा साहित्यिक कार्यक्रम प्रसारण गरिन्छन् , तिनै कार्यक्रममा यो गीतले ठाउँ पायो होला; हुन सक्छ कसैका जीवनका कथालाई प्रस्तोता रोइहालुँला झैं गर्दै प्रस्तुत गर्दै होलान् अनि सन्दर्भ मिलेर यो गीत बजाइएको होला । " यति सोचिसकेकीमात्र के थिएँ, नारायण गोपालको सुरिलो  स्वरलाई होच्याउँदै एउटा कर्कश स्वर रेडियोको स्पीकरबाट निस्कियो -- " या ! या! या! आइ रिमेम्बर यु, हाउ हाउ क्यान आइ फर्गेट ...." हरे शिव यो पनि रिमिक्स गीत पो रहेछ, आफैं आफ्नै पुस्तालाई धिक्कार्दै मैले रेडियो बन्द गरिदिएँ ।

समय कटाउने अर्को माध्यम  टेलिभिजन खोलें मैले । नेपाली च्यानलमा सुन्दर नेपाली षोडशीहरु नाचिरहेकाथिए । " हिमालको काखमा छ , सानो मेरो गाउँ, पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ ..." भन्दै नाचिरहेका ती हिमालको काखमा घर भएका पर्वतका छोरी पार्वतीहरुको पहिरन भने जेनिफर, ब्रिटिनी र मल्लिकाहरुको भन्दा कम थिएन । लगाउन त चौबन्दी चोलो र फरिया नै लगाएका  थिए तिनले तर बाहुला साहुला नभएको एकबित्ते चोलो अनि घुँडाभन्दा निकै माथिका फरिया!! मलाई भनन्न रिंगटा लागेजस्तो भयो, भाउन्न भयो, यस्तो म्युजिक भिडियोलाई बनाउने, तिनमा खेल्ने अनि तिनलाई प्रशारण गर्नेहरुको निर्लज्जता देखेर !

टि भीमा दर्शकसँग फोनमा कुरा गर्ने कार्यक्रममा दिइएको रहेछ त्यो गीत ! पढेलेखेका भएकाले होला, कहिकेकाहीं ति प्रश्तोता निकै गहकिला कुरा गर्छन् । तर नेपाङ्ग्रेजी बोल्नुलाई नै अर्वाचिन सभ्यतामान्ने आजको पुस्ताको सोचाइबाट फरक उनीपनि छैनन् । त्यसैले त अस्ति एकदिन "जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी" लाई नेपालीमा उल्था गर्नुपर्दा आमा  र मातृभूमी हुन् स्वर्ग  भन्दा पनि ठूला भन्नुको साटो जे पायो उही भनेर टारेका थिए यिनले । नेपाली साहित्य मनपराउनु अनि संस्कृत शब्दहरुका अर्थ जान्नुलाई पाखेपनको नाम दिने हाम्रो पुस्ताबाट अरु आशपनि के नै गर्न सकिन्छ र!

मैले हेर्दै गरेको त्यो कार्यक्रममा पनि कुरा रिमिक्स गीतकै बारेमा हुँदै रछ! " रिमिक्स सङ्गहरु कस्तो  लाग्छ तपाईंलाई ?" "एकदम राम्रो लाग्छ, यसबाट हाम्रा पुराना गीतहरु फेरि सुन्न पाइन्छ नि, नयाँ स्टाइलमा बिर्सिसकेको गीतहरुलाई रिमेम्बर गर्न सकिन्छ" प्रस्तोताको प्रश्नमा दर्शकले यस्तो उत्तर दिए ! बीचबीचमा बज्ने ताल न सुरको र्यापले पुराना, आदरणिय गायक, गायिका , गीतकार र संगीतकारको अपमान गरिरहेको हुन्छ भन्ने तर्फ यी दर्शकको ध्यानै गएनछ  । कतिपय गायकले पुराना गायकका गीतहरु पुन: आफूले गाएका छन्, मूल गायक, गीतकार र संगीतकारहरुको पनि नाम उल्लेख गरेर सम्मान पनि गरेका छन् अनि गीतको सुर ताल, लय र सङ्गीतमा  कुनै फेरबदल पनि ल्याउँदैनन् , त्यस्तो पो बरु राम्रो हुन्छ , स्रष्टाको पनि सम्मान हुन्छ ।

उत्तर दिने दर्शकको रोजाइमा अर्को उत्ताउलो रिमिक्स गीत प्रस्तुत हुन थाल्यो, च्यानल बदल्न के आँटेकी थिएँ मेरो भाइ दौडंदै आयो, " वाओ! मेरो फेवरेट सङ्ग, च्यानल चेन्ज नगर है " उ टेलिभिजन सेट अगाडी पलेंटी कसेर बस्यो । मैले थपक्क रिमोट राखिदिंएँ र अर्को कोठातिर लागें समय कटाउने राम्रो माध्यमको खोजीमा !!

Saturday, April 12, 2008

Mobile Computer


Computer is the thing on which present world is based upon. Urban people utilize and want to increase the utilization of the computer, rural people want to see, touch and know more about the computer. Everyone wants to read, know and explore more about the computer and its utilities.

Initially, the computers were very big, expensive, space consuming and non portable. They contained huge storage units having about 18000 vacuum tubes. Then the size of the computer went on decreasing and we get handier and cheaper PCs, laptops and palmtops than we used to in the past.

As we know, people always shift their interests towards the recent developments and newer technologies, people of new generation are very much curious and enthusiastic towards the mobile phones. Although the developments of the mobile phones began from 1946, it has now been introduced to almost every part of the world. The initial objective of the mobile phone was just to receive and make calls and be available to the known ones for 24 hours. However, these days mobile phone is something more than just making or receiving calls.

As the world is becoming smaller due to technological advancement in the IT sector, the companies of the developed countries have now become successful to embed the computers itself to smaller devices such as the mobile phones. Since mobile phone is the most essential commodities in the present world, embedding computers to the mobile phones has been more fruitful.

A mobile phone has substantially all of the computing capabilities desired by a large fraction of the public. Now people do not want to go to the trouble of installing and maintaining a personal computer. We use mobile phones to talk and send SMA but also to play games and create audio video files, make spreadsheets, surf on the net, send emails and chat as well. There are many web sites which install new software to our mobile phones. We can do every thing on the mobile phone which we can do on the computer. Talking about the recent developments in the world, Toshiba Company of Japan has created a mobile phone having 4GB capacity 0.85-inch hard disk drive.

It is now possible to edit video clips on our own mobile phone and make a splashy presentation enriched by special visual effects and titles, all without having to learn complex software or editing techniques.

To send mails and surf on the net, the mobile phones and the mobile companies generally use the GSM (Global System for Mobile communication) based GPRS (General Packet Radio Service) technology. GPRS offers faster data transmission via a GSM network within a range 9.6Kbits to 115Kbits. In case of Nepal, Nepal Telecom has not introduced this technology and the subscribers of NTC mobile are yet deprived of utilizing this latest technology. However, Spice Nepal has provided GPRS technology and the users of "Mero Mobile"can now surf on the net if they have the privilege in their mobile set.

We can also use the word processing, spreadsheet software on the mobile. It really saves the time when we are busy preparing the reports or making any spreadsheet table or chart.

We can perform digital photo organization, editing, printing, uploading to printing services, and publishing to the Web. For all these jobs, if we do not have a mobile phone, we have to have a digital camera to take the photo snaps and then a computer to perform the processing tasks. But with a mobile phone having a camera, we can take photos and do all the processing within some minutes.

There's no denying that mobile phones are getting more powerful. As handsets grow more powerful, and as they converge with other devices or functions, users rely on them more and more, just as they have traditionally relied on PCs to perform many computing needs. Users as well as carriers and developers are now treating mobile phones more and more as mobile computers . Handsets have been evolving incrementally to reflect this evolution, now the chips that power them are reflecting this change as well.

As the phone is evolving from just a communication tool to a mobile computer, application developers are working hard to improve them. These applications do not try to cram a PC interface or functionality into a handset; rather they make the most of the phone's abilities to reach similar goals as PC-based applications. The ability of new handsets is to handle all sorts of functions and applications done by the computers.

As all the things have the advantages and disadvantages, this high tech mobile set has also some of the disadvantages. Because it is very small, the criminals can misuse it by using for the criminal activities.

However, if we use these mobile computers in the right way, there are many advantages.

Friday, March 21, 2008

A Trip to Nepal changed John Wood's Life




John Wood was a man who achieved the American dream. A businessman at Microsoft since 1991, he was worth millions of dollars. He lived in the lap of luxury—he flew business class around the world, lived in a beautiful home and had a personal chauffeur. "There were times when I looked around and felt like I just hit the jackpot," he says.

Then, John took a vacation that would change his life forever. "My first trip to Nepal in 1998 was taken just to escape from the constant 7/24, commando, business-warrior lifestyle," he says. "I trekked for 18 days through areas that had no paved roads, no cars, no telephones. People were living in poverty in conditions that I just found shocking."

During his trip, John took an opportunity to visit a school, thinking he would see the "real Nepal." What he saw depressed him. Seventy five or 80 kids were crammed into a small room with dirt floors. "Most importantly, they had a library that had only about 20 books that were backpacker cast-offs, completely inappropriate for children," he says. "And I wondered, 'How can you ever break the cycle of poverty if the kids don't get educated?'"

John vowed to return to the school within a year to bring books for a new library. "One of the teachers said to me, 'Many people have told us they will come back, but nobody ever does.'"


(( This article is taken from http://www2.oprah.com/tows/slide/200704/20070403/slide_20070403_284_104.jhtml))

Friday, March 7, 2008

नेपालीको राष्ट्रिय खाना

नेपालीको राष्ट्रिय खाना
( यस व्यंग्य कथाका सम्पूर्ण घटना तथा पात्रहरु पूर्णतया काल्पनिक हुन्)
"नेपालीको होमवर्क गर्नु छ, निबन्ध लेख्नु छ, सिकाइदे न है " मेरो कोठा भित्र छिर्दै भन्यो भाइले । "हुन्छ, ल बस् शिर्षक के हो?" आफूले पढ्दै गरेको किताब छेउ लाउँदै भनें मैले । "
"नेपालीको राष्ट्रिय खाना - चाउचाउ"
"के jpt भन्छ, नेपालको राष्ट्रिय खाना चाउचाउ नै होइन, तँलाई त्यति पनि थाह छैन?"
" अँ होइन होला खुबै, हाम्रो म्यामले त भन्नु भाको नेपालको राष्ट्रिय खाना चाउचाउ भनेर!"
" नेपालको राष्ट्रिय खाना ढिंडो र गुन्द्रुक हो, को म्याम को जे पायो त्यही सिकाउने ?"
"नकरा, आउँदैन भने आउँदैन भन् न, हाम्रो डली म्याम जान्ने कि तँ जान्ने? तँ साइन्स पढ्ने मान्छेलाई के थाह यस्तो कुरा !!! "
यसो भनेर उसले म प्रतिको अविश्वास आनि उसकी शिक्षिका प्रतिको गहिरो विश्वास देखायो । रिसले मुर्मुरिंदै मैले भने -" सब्जेक्ट को के कुरा, त्यति नि थाह हुँदैन कि क्याहो, आफ्नै देशको बारे मा?"
"भो भो। देशको खुब माया लागेर त वर्षैपिच्छे डि भी भर्छेस् !!"
अब चाहिं अति गर्यो उसले, एक झापड कस्न मनलागेको थियो तर कसिन ! दिउँसो उसको स्कुल गएर, जे पायो त्यही पढाउने म्यामकै झाँको झार्छु बरु भन्ने सोचेर म मेरो कोठाबाट निस्किएँ ।
"Excuse me! म डली म्यामलाई भेट्न आएकी, उहाँको विध्यार्थिकी दिदी हुँ ।" पाँचतारे होटलको जस्तो लाग्ने रिसेप्सनमा बसेकी सुन्दर रिसेप्सनिस्टलाई भनें मैले । " हजुर बस्दै गर्नुस म उहाँलाई बोलाइदिन्छु" उनले भनिन् ।
एकछिन पछि एकजना मोटी मोटी, चिम्रा आँखा गरेकी, बोइज् कट कपाल भएकी महिला त्यहाँ आइन् । तिनै रहिछन् डली म्याम । मैले जुरुक्क उठेर हात जोड्दै भनें " नमस्कार ! मेरो भाइ आरोग्य यहाँ Class eight मा पढ्छ ।"
"ओह! तपाईं आरोग्यको दिदी, he is my best student! Teachers' day ma पनि उसले कस्तो राम्रो राम्रो gift दिन्छ नि हौ , teachers लाई तेस्तो respect गर्ने student कहाँ पाइन्छ र आजभोलि , by the way, तपाईं चैं के गर्छ ?"
गुरुको उच्च ओहदामा बसेरपनि गुरु होइन केवल शिक्षिका बन्न सकेकी, नेपाली पढाउने शिक्षिकाको, नेपाली भाषा र मेरो भाइ उनको best student हुनाको कारण सुनेर म तिनछक्क परें ।
"हजुर, मेरो अहिले १२ को जाँच भर्खर सकिएको छ । खास आज हजुरलाई भेट्न आउनुको कारण चाहिं, हजुरले मेरो भाइहरुलाई, नेपालको राष्ट्रिय खाना चाउचाउ हो भनेर पढाउनु भएछ, नेपालको राष्ट्रिय खाना चाउचाउ होइन ढिंडो र गुन्द्रुक हो भन्ने कुरा त म्याडम लाई नि थाहै होला......"
"आम्मै !! गुन्द्रुक त सुन्या हो, but what is डिन्डो ? नेपालको national food चाउचाउ हो भनेर मलाई, मेरो Husband यो स्कुल को प्रिन्सिपल, मिस्टर आर.पी. ले सिकाउनु भाको । and I am sure, Chow chow is the national food of Nepal, yes!" वाक्यको अन्त्यमा "yes" ल्याइन उनले पनि, यो बानी मैले अरु शिक्षकहरु मा पनि देखेकी थिएँ तर नेपाली पढाउने शिक्षिकामा पहिलो पटक देखें । शायद प्रिन्सिपलकी श्रीमती भएकी हुनाले अरु केही पढाउने क्षमता नभएपछि, सबै भन्दा हेपिएको विषय "नेपाली" पढाउन पाएकी होलिन् उनले !
"हुन्छ त त्यसोभए म सरसँगै कुरा गर्छु ।" मैले शान्त हुँदै भनें ।
"OK fine" हल्का रिसाउँदै भनिन् उनले ।
मैले भनेपछि रिसेप्सनिस्टले प्रिन्सिपललाई फोन गरिन् , उनिसँग अहिले नै भेट्न सकिने जानकारी पाएपछि म उनका कोठातिर लागें । बाहिर निस्किंदै गर्दा मैले सुनें " आफूले जान्दै नजानेको Subject मा नि complain गर्न आउने, कस्तो कस्तो मान्छे हौ " शायद डलीले रिसेप्सनिस्टलाई भन्दै थिइन् ।
"Excuse me Sir, May I come in?" प्रिन्सिपलको कोठाको ढोकामा पुगेर भनें मैले । "
"Yes Please! And Be Seated! के कति कामले पाल्नुभो ।"
"मेरो भाइ आरोग्य हजुरको स्कुलमा Class Eight मा पढ्छ " नमस्कार गर्दै भनें मैले ।
" ए !! आरोग्य is a good student, Disciplined छ, अनि पढ्नमा पनि मिहिनेती छ " नमस्कार फर्काउँदै भने उनले ।
"खास कुरा के भने सर, डली म्यामले मेरो भाइको क्लासमा नेपालको राष्ट्रिय खाना चाउचाउ भनेर सिकाउनु भएछ, यस विषयमा उहाँ सँग कुरा गर्दा, हजुरले भनेको भन्नु भो, मैले त कुरै बुझ्न सकिन "
मैले यति भनि सक्न नपाई, कोठामा प्रिन्सिपलको अट्टहास गुन्जियो ।
" हा हा हा, तपाईं नेपालको राष्ट्रिय खाना ढिंडो त गुन्द्रुक पो हो भन्न खोज्नु भा होला होइन ? मलाई यति भन्नुस, अहिले नेपालमा ढिंडो कसले खान्छ ? अनि चाउचाउ नखाने को छ? राष्ट्रिय खाना भनेको त्यो हुनुपर्छ जुन् राष्ट्रमा सबैले खान्छन् अनि रुचाउँछन् पनि ! नेपालमा बच्चा देखि बुढासम्म, राजा देखि रङ्क सम्म सबैले खाने खाजा, खाना जे पनि चाउचाउ त हो, त्यसैले हामी प्रिन्सिपल्सको एउटा टिम मिलेर, चाउचाउलाई नेपालको राष्ट्रिय खाना घोषणा गरियोस् भनेर एउटा निवेदन दिएका छौं, त्यो छिटै आउँछ, मिडियामा ....."
झनै छक्क परें म । हुँदा हुँदा निवेदन नि दिइसकेका रे !! सोर्स फोर्स पुर्याए भने त पारित हुन नि बेर छैन, हाम्रो देशको सरकार त हो, त्यहाँ भन्ने केही कुरा पाइन मैले "हस् त सर त्यसो भए अहिले म जान्छु" यतिमात्र भनें आनि उठेर हिंडें ।
स्कुलको लञ्च ब्रेक भएको रहेछ त्यतिखेर, जाडो को बेला भएकोले होला, शिक्षक- विध्यार्थी सबै आफ्नो आफ्नो ग्रुपमा, घाम ताप्दै खाइरहेका थिए!
"Friends! मलाई चाउचाउमा खसी पर्यो...." खुशी ले गद् गद् हुँदै एकजना शिक्षक चिच्याए ! सबैजना उनलाई बधाई दिन थाले! म भनें भरे भाइलाई के जवाफ दिने भन्ने सोच्दै घरतिर लागें ।

Friday, February 29, 2008

आन्दोलन

सपनीमा पनि सँधै आन्दोलन देख्छु अचेल
जब केही लेख्न खोज्छु अशान्ति नै लेख्छु अचेल
आतंक र दुश्मनी नै छाएको छ जताततै
शान्ती माग्दै आरतीले आफ्ना आँखा सेक्छु अचेल

विकास गर्छु भन्नेले नै विकास भाँच्न थालेका छन्
युवाहरुमाथि फेरि जाल नौले हालेका छन्
म त पासो पर्दिन नि, विचार गरि टेक्छु अचेल
तर जब लेख्न खोज्छु, अशान्ति नै लेख्छु अचेल

सत्तालोलुप नेताहरुले अब जातै फालेकाछन्
आगो बाली निर्दोषलाई आगा भित्र हालेकाछन्
बाटो हिंड्दा ढुङ्गा, ईंटा, लाठाहरु छेक्छु अचेल
त्यसैले त लेख्न खोज्दा अशान्ति नै लेख्छु अचेल
लेख्न खोज्दा सँधैभरि अशान्ति नै लेख्छु अचेल!!

Thursday, February 28, 2008

दो दिल मिल रहें हैं मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके

" दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके........" टिभीमा यो गीत बजिरहेको थियो । गायकको स्वर सँगसँगै मिलाइ मिलाइ ठूलो स्वरमा मेरो भाइपनि गीत गाउँदै थियो । यो उसको सँधैको बानी थियो, तर मलाई भने खुब झर्को लागीरहेको थियो, उसको स्वर सुन्नपनि ! " कति हल्ला गरेको होला गधाले, यहाँ आफूलाई कस्तो टेन्सन भइरा'बेलामा! " मनमनै भाइलाई गाली गरें मैले । तर मुखले केही भनिन, मेरो मनको कुरा फेरि बा आमाले थाहपाउनुहोला भनेर, म चुप लागेर बसें ।

मैले सोचेकीपनि थिइन कहिल्यै, मेरो जिन्दगीमा पनि यो दिन आउला भनेर ! ब्याच्लर्स सम्म गरिसकेर जागिर पनि खानथाले पछि त झन् आफूलाई निकै परिपक्व ठान्थें म ! तर पनि थाहै नपाइ, एउटी सोह्र वर्षे किशोरीले झैं उसलाई आफ्नो सपना, कल्पनामा सजाउनपुगिसकेंछु !!!

उ अर्थात् रोशन मेरो टिमको म्यानेजर, मेरो बोश ! शुरु शुरु मा म उसलाई फुटेको आँखाले पनि देख्न सक्दिनथें । खुब काम लगाउँथ्यो मलाई ! " चेली ! तिम्रो Design Portion सकिन लाग्या छ हैन ! आज त्यो सकेर यो Data Analysis गरिदेउ न है , अलि Important छ यो ।" म अफिस पुग्ने बित्तिकै धेरै जसो यस्तै यस्तै भन्ने गर्थ्यो उ । "माइक्रो बस नपाएर, कति दु:खले हिड्दै आउँदैछु, आउने बित्तिकै काम लाउँछ ; खुब हाकिम भइखाको " यस्तै सोचेर मुर्मुरिन्थें म । तर बिस्तारै उसको मीठो बोली र सहयोगी भावनाले मेरो मनमा छाप छोड्न थाले । मैले गल्तीहरु गर्दा पनि उ कहिल्यै रिसाउँदैनथ्यो, सँधै राम्रो सँग सिकाउँथ्यो, कहिल्यै झर्कोफर्को गर्दैनथ्यो ।


"चेली ! तँ त क्या लक्की यार, रोशन सरको टिममा छेस्, त्यस्तो Soft, Understanding बोश पो पाउनु " साथीहरुले भन्ने गर्थे मलाई । हुन पनि हो, मेरा साथीहरु कहिल्यै टाइममा घर जान पाउँदैनथे । छुट्टिको दिन पनि आएर पेलिन्थे, मैले भने कहिले त्यस्तो पेलिनु परेको थिएन । यिनै सब कुराहरुले होला शायद, उ मलाइ राम्रो लाग्न थालेको थियो ।


एक हप्ता जस्तो अगाडि मात्र त हो, रक्षाले " तर हाम्रो रोशन सरको नाक अलि कार्टुन छ है " भनेपछि केटीहरु गललल हाँसेका थिए । त्यस बेला मलाई भने झनक्क रिस उठ्यो " नाक जस्तो भए नि के त, बानी बेहोरा मा उ जति राम्रो यो अफिसमा अर्को छैन क्यारे, फेरि केहि कार्टुन पनि छैन ल प्लीज ।" प्वाक्क बोलेंछु म । त्यति पाए पछि केटीहरुलाई के चाहियो, मलाई जिस्काउनथाले उनिहरु । म रिसाए जस्तो गरेर त्यहाँबाट हिंडें । मेरो मनमा त्यसबेला एउटा आँधि नै जस्तो चलिरहेको थियो,

आँधि खुशीको थियो, डरको थियो या अरुनै केहीको म भन्न सक्दिन तर त्यस्तो, मेरो मनमा पहिने कहिले भएको थिएन । कहाँ हिंड्दै थिएँ थाह छैन तर हिंड्दै थिएँ म अलि अलि होशमा अलि अलि बेहोशमा । अचानक केहीमा ठोक्किएँ म । " चेली ! यस्तो आत्तिएर कहाँ हिंडेकी तिमी, सन्चो छैन कि क्याहो?" उसको मीठो स्वरका वेभहरुले फेरि मेरो eardrum vibrate गराए । अनि पो झल्याँस्स भएँ म, निद्राबाट ब्युँझे जस्तै । "हैन केही छैन, I am so sorry, म सरसँग ठोक्किएँछु ।" यति भनेर दौडदै म आफ्नो सीटमा गएँ ।

त्यसदिन राति निकै सोचें मैले । रातभरि आफूले उसको लागि अनुभुत गरेका कुराहरुको जोड घटाउ गरे पछि एउटै निष्कर्श निस्कियो, उसलाई आफ्नो मनमन्दिरमा बसाइसकेको, र उसलाई हृदयदेखिनै माया गर्न थालेको कुरा मैले त्यसदिन बल्ल पो बुझें । तर आफ्नो मनमा चलेको आँधिलाई आफ्नै मनमा सिमीत गर्ने निर्णय मैले त्यसै दिन गरेकीथिएँ । उसका अगाडि आफ्नो प्रेम प्रस्तुत गरेर, बहिष्कृत हुन चाहन्नथें म।

फेरि म मध्यम वर्गिय, परम्परागत परिवारकी छोरी, हाम्रो परिवारमा प्रेम विवाह पचाइन्न । रोशनको कुरा बाआमा समक्ष राखेर उहाँहरुको म प्रतिको अपार स्नेह र विश्वास गुमाउन पनि चाहन्नथें । एकातिर मैले पहिलो पटक मनपराएको यस्तो मान्छे, जो मेरो बारे मा के सोच्छ भन्ने समेत मलाई थाह थिएन, अर्कातिर मेरा परिवारका तमाम शदस्यहरु ।

हिजोआज मेरा दिनहरु यस्तै ताना बाना बुन्नमा नै बित्छन् । एउटा अनौठो वातावरण छाइरहन्छ मानसपटलमा, न कसैसँग बोल्न मनलाग्छ, न केही रमाइला काम गर्न नै । अफिसमा हुन्जेल, रोशनको अघिपछि घुमिरहन मनलाग्छ, उसँग बोलिरहन मनलाग्छ, घर आएपछि भने कस्तो कस्तो हुन्छ, झर्को मात्र लाग्छ । त्यसैले आहिले भाइले गीत गाएको सुन्नपनि मलाई झर्को लागेको हो ।

" छोरी ! के गरेर बसेकी तँ यहाँ, हिजोआज बोलेको पनि देख्दिन, के भो ?" मेरो कोठाभित्र छिर्दै सोध्नुभो आमाले । " केही होइन, अफिसमा कामको अलि प्रेशर छ अहिले, अनि पढ्नु पनि छ त्यसको लागि अलि अलि त्यसैले" मैले आमातिर नहेरी जवाफ दिएँ । म उहाँसँग नजर मिलाउन चाहन्नथें । म मेरी आमाकालागि किताब जस्तै हुँ, मेरो आँखामा हेरेरै मनको कुरा चाल पाउनुहुन्छ आमा, त्यसैले म अन्तै फर्केर बसिरहें ।

"अब त ब्याच्लर लेभल पनि सकियो, मास्टर्स यहाँ गर्दिन भन्छेस्, आफ्नो खुट्टामा पनि उभिइहालिस्, बिहे गर्ने उमेर पनि भयो, तेरो के छ विचार ?"

म छाँगाबाट खसेजस्तै भएँ , आफ्ना मनका भावनालाई रोशनका अगाडि छताछुल्ल पोखिदिने हिम्मत नभएपनि, उ आशिन भएको मेरो मनमन्दिरको सिंहाशनमा अरु कसैलाई राख्ने पक्षमा म कदापि थिइन । मलाई के गरुँ के नगरुँ भयो ।

"के भो ? किन नबोलेकी ?" फेरि सोध्नुभो आमाले ।

"आमा.... म...... रोशन...... हुन त उसले मेरो बारे मा के सोचेको छ मलाई केही थाहछैन , न त मैले आफ्नो बारेमा नै उसलाई केही भनेकी छु, मेरो केही गल्ती छैन आमा, उसलाई मैले कहिले देखि मनपराउँनथालें, त्योपनि मलाई राम्रो थाह छैन, तर अहिले नै बिहे ?? "

मेरो गालामा एक झापड कस्ने हुनु भो आमाले झस्तो लागेकोथ्यो मलाई तर हान्नु भएन , शान्त हुँदै भन्नु भो - " हेर् नानी!! जीवन सुखी बनाउनु छ भने बिहे उसँग गरेको राम्रो, जसले आफूलाई माया गर्छ , तलाई केहि कर छैन, पढेकी, बुझ्ने छोरी जे ठिक लाग्छ गर तर भोली, एकजना आउँदैहुनुहुन्छ, तँलाई भेट्न, उहाँ आफ्नो छोराको बिहेको कुरा लिएर आउँदैहुनुहुन्छ, राम्ररी भेट् । निर्णय जे गरेपनि पछि गर्नु । "

के गर्ने के नगर्नेको रनभुल्लमा परें म । आमाले भनेको कुरा ठिकै पनि हो । म रोशनको एकतर्फि प्रेममा परेर मेरा बा आमाको शिर झुकाउन चाहन्न । मैले रोशनलाई मनपराउनु भनेको एउटा बालकले चन्द्रमालाई मनपराउनु जस्तै हो फेरि, रुप, शीप, योग्यता लगायतका तमाम कुराहरुमा उ म भन्दा धेरै माथि छ । यही सब सोचाइमा यो रात पनि बित्यो ।

पहिले पहिले कसैले "केटी हेर्ने" भनेर कुरा मात्र गर्यो भनेपनि, मेरो पारो तात्थ्यो, "पसल मा सजाएर राखेको गुडिया हो केटी ?" यस्तै भन्थें म, तर आज मौन छु म । कुनै कुरामा कसैसंग विद्रोह गर्ने क्षमता नभएजस्तै भएको छ मलाई, आफूलाई युद्धमा हारेर फर्केको सैनिक जस्तै मानिरहेकी छु म ।

आफ्नै कोठामा बसेर किताब हेरिरहेकी थिएं म, बाहिर को को मान्छे आएको, गफगाफ गरेको पनि सुनिरहेकीथिएं । मनमा एकतमासको ढ्याङ्ग्रो बजिरहेको थियो ।

"चेली, भित्र के गर्दैछ्यौ छोरी बाहिर आउ त । " अरु बेला तँ भनेपनि कोही मान्छे आएका बेला तिमी भन्नुहुन्थ्यो मेरा बाले ! म डराउँदै अझ भनुँ अलिअलि काम्दै बैठक कोठामा गएँ । नजर उठाएर कसैलाई हेर्ने सामर्थ्य थिएन मेरो, त्यहीपनि त्यहाँ बसेका दुई जना प्रौढ व्यक्तिहरुलाई नमस्ते गरें मैले ।

"खै छोरो पनि आइपुग्नु पर्ने हो, किन ढिलो गरेको हो " एकजना ले झ्यालबाट यसो बाहिर हेर्दै भने ।

"काठमाडौंको ट्राफिक जामले त होला नि हजुर, भनेका बेला मा को कहाँ नै पुग्न सकिन्छ र !" मेरा बाले भन्नुभो । कुरा ट्राफिक जाममैं बढ्यो, म भनें लुसुक्क आफ्ना कोठातिर भागें ।

"को होला त्यो मान्छे, कस्तो होला ? मैले उसैसंग बिहे गर्नु पर्यो भने कसरी, के गर्ने होला ? म त रोशनलाई माया गर्छु नि, जिन्दगी अर्कैसंग कसरी बिताउने !!" भावनाका यस्तै तानाबाना फेरि बुन्न थालें म । बेकार मा त्यो अफिसमा जब पाएँछु, नपाएको भए नि हुन्थ्यो नि, हेत्तेरिका, " Love Stories only exist in reel life, not in real life" भन्ने मैले आफैं आज यो के दिन देख्नु परेको हो .......

"हजुर यहि हो उसको कोठा " मेरो भाइको आवाज सुनें मैले । लौ न !! कसलाई हो मेरै कोठामा पो ल्यायो जस्तो छ, नभन्दै मेरो ढोकाबाट "टक टक " को आवाज आयो । बोझिलो मन लिएर, रसाएका आँखा पुछ्दै, ढोका खोलें मैले ।

झसँग भएँ म, मेरा नेत्र विश्फारित भए किनकि मेरो अगाडि रोशन उभिएको थियो ।

"हेर न! आउँदा आउँदै ढिलो भयो, बुवा काकासँग त परिचय गरिसक्यौ रे होइन ?" अवाक् भएकी थिएँ म, उ आफ्नै शैलीमा बोल्दै थियो ।

"पहिले नै तिमीलाई सोध्नु भन्दा आमाबुवा मार्फत कुरा गर्नु नै ठिक होला जस्तो लाग्यो मलाई त, साँच्चै भन्दा तिमीलाई सोध्ने मौकापनि मिलेको थिएन; तर पनि अन्तिम निर्णय त तिम्रै हुनेछ, भन न, के तिमी मसँग बिहे गर्छ्यौ ? सहयात्री बन्छ्यौ मेरो जीवन यात्राको ? "

कति सजिलैसँग बोल्यो उ, म भने बोल्न सक्ने स्थितिमा नै छैन । मेरा आँखाबाट बाहिर झर्न आँशुका थोपाहरु तँछाड मछाड गर्दैछन् , खुशीका आँशु, जीवनमा कहिले अनुभुत नगरेको मीठो अनुभुतिका आँशु । म मेरो रोशनलाई निर्निमेष हेरिरहेकी छु, अनन्त अनन्त सम्म यत्तिकै हेरिरहन चाहन्छु पनि । अनि पर कतैबाट फेरि यो गीत बजिरहे झैं भएको छ - " दो दिल मिल रहें हैं मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके ........"

!!! समाप्त !!!!

Friday, February 8, 2008

गजल

उन्ले जस्तै तिम्ले माया लुकाउने त हौली
पुरानो त्यो घाउ फेरि दुखाउने त हौली ।

मेरो जोवन केवल तिम्रो सम्हाल है भन्दै
वचन दिई आफैलाई चुकाउने त हौली ।

तिमी विना जीउन म सक्दिन है भन्दै
आफ्नो शीर अरु सामु झुकाउने त हौली ।

विश्वाशको गमलामा मायाको फुल रोप्दै
डोरी चुर्डाई खसालेर फुटाउने त हौली ।

जिन्दगी भर नछुटिने वाचा गर्दा गर्दै
बाधिंएको गाठो फेरि फुकाउने त हौली ।

दोबाटोमा कोही अरु मुस्काइ दिए भने
यो टुटेको मुटु फेरि टुटाउने त हौली ।

- सुमन घिमिरे
सौराहा, चितवन, हाल डब्लिन, आयरल्याण्ड

Thursday, February 7, 2008

D2 मा बिताएका जिन्दगीका केही दिन, सिकेका धेरै कुरा, अनि कमाएका थुप्रै साथीहरु

" यहाँ हेर त, D2 ले Vacancy Announce गरेको रहेछ, Apply गर्ने होइन ?" क्यान्टिनमा पवित्रा र म बसिरहेका बेलामा पवनले आएर सोध्यो । "Apply!!! आहिले? पहिले Fourth year त सकौं न, अहिले नै हामीलाई कसले Job दिन्छ र?" उसलाई नपत्याउँदै हाँस्दै भनें मैले । "Apply गर्दैमा के बिग्रन्छ र? गरुँ न " उसले भन्यो, अनि त्यही दिन, हामीले D2 मा Apply गर्यौं । साथीले भनिहाल्यो गरिदिउँ न त, भनेर मात्र मैले गरकी थिएँ त्यो Apply , त्यहाँबाट आफूलाई बोलाउने विश्वास भने अलिकति पनि थिएन मलाई । त्यसको दुई तीन हप्ता पछि होला, त्यहाँबाट फोन आयो, Exam दिनको लागी बोलाइएको थियो । म छक्क परें, त्यहाँबाट त्यसरी बोलाउलान् भन्ने त मैले सोचेकीपनि थिइन । ख्याल ख्यालमैं जाँचपनि दिएँ, र त्यो जाँचमा म पास पनि भएँ । पहिलो इन्टरभ्यु सकिउन्जेल सम्ममा म दुई पटक D2 मा गइसकेकीथिएँ । त्यहाँको वातावरणले नजानिंदो किसिमले निकै आकर्षित बनाईसकेको थियो मलाई, त्यतिन्जेलमा D2HawkEyeServices परिवार को एउटा सदस्य हुने सपना मेरो आँखाभरि बसिसकेको थियो । अनि मैले त्यहाँ, Trainee बन्ने मौका पनि पाएँ ।
जिन्दगी निकै रमाइलो थियो त्यहाँ, १६ जना साथीहरुको ठूलो समूह, सहयोगी भावना भएका दाइ-दिदीहरु अनि राम्रो वातावरणपनि । Trainee period, सोचे भन्दा र भने भन्दा निकै लम्बिरहेको देखेर दिक्क पनि लागेको थियो एउटा समयमा, तर पनि त्यहाँको वातावरण र साथिहरुको साथले हौसला भनें दिइरहन्थ्यो । शुरुमा Data अनि Engine Department मा बसेर, प्रकाश दाइ, बिनय दाइ, प्रशान्त दाइ, मनिष दाइ अनि मनिन्द्र दाइबाट मैले धेरै धेरै कुरा सिक्ने मौका पाएँ ।
आज म त्यो वातावरणबाट निकै टाढा छु, तर पनि, Database management का कुराहरु पढ्दा मलाई त्यहाँ सिकेका कुराहरु झल्झली याद आउँछन् , त्यसले गरेर पढ्नमापनि निकै सजिलो भएको छ । त्यहाँ भेटेका साथीहरुको त झन् के कुरा गर्नु, बिर्सने त प्रश्नै आउँदैन म उनीहरुलाई हरपल सम्झिरहन्छु । म बिर्सन सक्दिन सीताका प्रश्नहरुलाई, भद्र नताशालाई, मिलनसार मोनिकालाई, गफाडि सन्जितलाई, मीठो कुरा खाँदापनि मुख बिगार्दै खाने सन्तोषलाई, सबैलाई थर्काउने रोजालाई, चुपचाप बस्ने श्वेतालाई अनि पिउसलाई, (सुदीप)२ लाई, रघुलाई, निरोजलाई, सुरेसलाई, उज्जवललाई, अमितालाई, यी सबै सबै साथीहरुलाई । जुन साथीको कारणले D2 मेरो आँखाभरि सपना बनेर बस्यो, आज उ पनि त्यहीं छ, तर म त्यहाँ छैन ।
Engine Department मा मनिष दाइ र मनिन्द्र दाइको बीचमा बसेर काम गर्नुको रमाइलोलाई म कहिले पो भुन्न सक्छु होला र !! फेरि पनि जिन्दगीमा त्यस्तै वातावरणमा, त्यस्तै सहयोगी मिलनसार सहकर्मीहरुका माझ बसेर काम गर्न पाइएला, नपाइएला, भविष्यमैं थाह होला, तर D2 मा बिताएका मेरा थोरै दिनहरुलाई, सिकेका धेरै कुराहरुलाई अनि कमाएका अनमोल निधि, मेरा साथीहरुलाई, म जिन्दगीमा सँधै सँधै सम्झिरहने छु ।

Wednesday, February 6, 2008

मेरो जीवन


बादलको बदलिंदो बुट्टा जस्तो लाग्छ

अरु मानिसको भन्दा छुट्टा जस्तो लाग्छ

कस्तो कस्तो मेरो जीवन व्यथा बन्ने हो की

कहिले लाग्छ एउटा सुखद कथा बन्ने हो की

कुनै बेला पोल्टा भरि जूनतारा देख्छु

कहिले फेरि निराशाका गीत म नै लेख्छु

डरै लाग्छ मेरो जीवन त्यसै बित्ने हो की

मैले नै पो जिन्दगीको समर जित्ने हो की

मैले नै पो जिन्दगीको समर जित्ने हो की ॥