Monday, April 27, 2009

किन टाढा भाग्यौ ?

किन टाढा भाग्यौ ?



म समुद्र हुदा
तिमी माछा भएर आएकी थियौ
म आइफल टावर चड्डा
तिमी मनोरम दृष्य बनेर आएकी थियौ
केवल कार चडडैंं
म यूरोपको हिँउमा खेल्दा
तिमी हिम वर्षा र चिसो हावा बनी
स्पर्ष गर्न आएकी थियौं
म गगन चुम्बी शहरहरुमा
उल्लाशमय दिनहरु विताउँदा
तिमी छायाँ बनेर आएकी थियौ
कहिले नछुटिने वाचा गर्दै
तर

दिनको चर्को घाममा
आफनै पैतालोमा ठेला उठाउदै
सगरमाथाको हिऊँ खेल्न
महाभारतको उकाली चड्दा
तिमो छाया त कता विलायो
एक तिर्खाएकॊ बटुवालाई
पानी दिने पराई बन्न पनि आइनौ
पसिनाले टोपी भिजाउँदै
ठेला परेका हातले मौलिक सृजना गर्दा
पौरख गर
म सृजनालाई माया गर्ने
उर्वर धर्ती हुँ भन्ने
आईमाई बन्न पनि आईनौ ।




प्रकाशोन्मुख कविता सङग्रह "मेरो बैस को क्यालेण्डर" वाट साभार

Thursday, April 23, 2009

दीपशिखा

"काठमाण्डौ,काठमाण्डौ" ल छुट्नै लाग्यो । एउटा सिट खाली छ,भन्दै परिचारकले घाटी सुक्ने गरी फुक्दै थियो ।मलाई लाग्यो बरु यही कुरालाई टेप रेकर्ड गरेर प्ले गरेको भए विचरालाई सुबिधा त हुने थियो । " ए दाई के सोच्नु भएको ?" भन्दै उस्ले मलाई फेरी बोलायो । ल बसी हाल्नुस भनेर उस्ले मलाई एउटा सानो सिटमा बसाई हाल्यो ।

नारायणघाट वाट छुटेको त्यो माईक्रो रामनगर सम्म आईपुग्दा आफ्नो गती लिई सकेको थियो । माईक्रोमा को को सवार छन त्यो मलाई पत्तै थिएन । अचानक माईक्रोमा एउटी २२ - २३ वर्षकी युवतिलाई देखे । मेरो आखा उनी मा गएर अडियो । उनीले पनि मलाई नै हेरी रहेकी थिई । उनी पनि हासिन मात्र, म पनि हासे मात्र ।

लगभग एक घण्टाको यत्रा पछी माईक्रो मुग्लिनमा रोकियो । एक जना यात्रु झरे । उनी नजिक को सिट खाली भयो । मलाई बसी रेहेको ठाउ पनि अप्ठ्यारो भएको थियो, सोचे, त्यो सिट्मा गएर बस्छु । उनीलाई सोधे " के म यहाँ बस्न सक्छु " , उनले भनिन "अव्ष्यै " ।

माईक्रो कुरिनटार पुग्द नपुग्दै केबल कार देखिन थाल्यो । केबल कार गेट आउन साथ उनले मनकामनालाई सम्झदै दर्शन गरिन । अचानक मैले उनीलाई सोधे " तपाई भागवानलाई असाध्यै मान्नु हुन्छ कि क्या हो ? उनले भनिन "अ" । उनको प्रतिप्रश्न आउनु अगावै मैले भने " म त मन्दिन" ।

किन ?उनले प्रश्न गरिन ।

मन्दिरमा गएर भेटी चढाउनु भन्दा ,दिनदुखी लाई सहयोग गर्द मेरो मनमा प्रशन्नता आउछ मैले भने । कुरा मोडियो,केहि बेर गाडी मलेखु मा रोकियो खाना खान को लागि । उनी म सँग सगै आयिन । खाना खादै गर्दा एउटा अपाङ्ग बालक तिर मेरो आँखा गयो । मैले उनीलाई सोधे " के भएको त्यो बालक लाई?

उनी लाई पनि थाहा थिएन । हतार हतार खाना सिद्दाएर उनी र म त्यो बालक नजिक गएम । मैले सोधे " तिम्रो घर कहाँ हो ?" र एस्तो कसरी भयो ?" । उसले आफ्नो बाबु आमा माओवादी को कार्वाहीमा मारिएको र आफु पनि त्यही घटनामा अपाङ्ग भएको बतायो । दु:ख लाग्यो माओवादी को युद्धले कती निर्दोश बलबालिकाहरु मार मा परेका छन । विचरा बाबु आमा
भइदिएको भये अहिले एसरी मग्दै त हिंड्ने थिएन होला ? यो समय त्यो बालक कुनै बिद्यालयमा पढि रहेको हुने थियो होला । मैले एस्तै एस्तै कल्पना गरे ।

ल ल चाडै आउनुस् , चाडै आउनुस् भन्दै फेरी त्यो परिचारक ले माईक्रो हिंड्न लागेको सन्केत दिलायो । मन भरी पिडा राखी त्यो बालक लाई हात मा ५० रुपैया राखी दिए । लाग्यो मैले अझै उसलाई माग्ने बनाएको छु हात मा पैसा ठम्माएर । खेर जे होस् उस्को पिडालाई केही समयको लागि भये पनि हलुको पारीदिएको मा ।

माईक्रो मा फेरी म उनी सगै बसे । हामी साथी बनी सकेका थिएम । म उनी लाई तपाईं भनेर सम्बोधन गर्दथे । उनी लजाएर तिमी भन्न मलाई अनुरोध गर्दथिन ।

उनको मोबाईल बज्यो । हेल्लो हेल्लो भन्दै थि । आवाज सुनिएन छ क्या रे ? फोन काटिन । मैले सोधे , के भो ? टिपेन र ? हो दाई यहाँ यस्तै छ । फोन मा राम्रो सँग कुरा गर्न पाउनु पनि ठुलै कुरा हुन्छ ।
फेरी घन्टी बज्यो । कसैले सोध्यो " मलेखु कटी सकेको हो ?" , उनीले हो भन्दै थि । "त्यहाँ एउटा माग्ने बच्चा लाई गाडी ले हानेर मार्देछ , त्यसैले त्यहा यातायात बन्द भएको छ ",मैले त्यो सन्देश सुने ।
मैले उनी लाई सोधे " कसले फोन गरेको , के भये छ ? " उनी ले ए नौबिसे मा बाटो बन्द गरेछन , हामी कटियो , ठिकै भयो ।

त्यो बाटो अब कती खेर खुल्ने हो, धेरैले दु:ख पाउने भये भन्दा पनि मलाई त्यो मर्ने केटा अघी मैले पैसा दिएको केटा त थिएन भनेर मन मा चिसो पस्यो । लाग्यो कतै मैले दिएको पैसाले केही समान किन्छु भनेर बाटो
काट्दा कतै गाडी ले त हानेन ? सोच्दा सोच्दै म त निदाएछु ।

उनीले मलाई घचघचाइन । माईक्रो नौबिसे पुगी सकेको थियो । रात पारी सकेको थियो । दाँया बाँया टुकी र मैन बत्ती मात्र बलेको देखिन्थ्यो । मैले उनी लाई सोधे आज " लोड शेडिङ् हो " ? उनी हाँस्दै मलाई भनिन " लोड शेडिङ् कहिले होइन भनेर सोद्ध्नुस् न " किन मैले प्रश्न गरे , उनी ले भनिन , " अहिले दिन को १६ घण्टा बत्ती जान्छ। ए हो र ? म एक छिन त दङ परे ।

मैले उनिलाई सोधे " बत्ती नभएर दैनिक जीवनमा केही असर पर्दैन र ? उनी हाँस्दै भनिन किन नपर्नु , धेरै पर्छ । समय मा पढ्न पाइन्न , टि.भी , ईन्टरनेट ,अफिसिअल काम गर्न पाइन्न , चोरी बडेको छ , । उनी मोबाईल देखाउदै भन्दै थीई , कहिले कहिले त एस लाई पनि चार्ज्गर्ने बत्ती पुग्दैन। यस्तै कुरा गर्दा गर्दै हामी त कलंकी पो पुगी सकेछम ।

कलंकी को जाम त सुनेकै थिए तर आज एकदमै लामो गाडी को लाम देखे । उनी लाई सोधे " किन एत्रो बिधी लाइन ?" , उनी ले भनिन त्यो त पेट्रोल को लागि पो लाइन । धन्य छ नेपाली जनता जे कुरालाई पनि सहएर बसेका छन। नेपाल मा जे को पनि छ र छैन हुदो रहेछ । "लाइन छ बत्ती छैन", "पाइप छ पानी छैन" , "बाटो छ खुलेको छैन", "मोबाईल छ नेट्वोर्क छैन" ।

जामलाई पार गर्दै गाडी कलंकी को एउटा कुनामा रोकियो । सबै घर जान आतुर थिए। त्यस मध्य एक उनी पनि थिइन । के बिर्सेंको के बिर्सेंको जस्तो लाग्यो । मैले त उन्को नाम नै सोध्न बिर्सेंको रहेछु । उनी हिंड्न लाग्दै थिइन , मैले सोधे ए तिम्रो नाम के हो ? उनी ठुलो स्वर्मा भन्दै थिइन दीपशिखा ।

Saturday, April 11, 2009

नयाँ वर्ष तिमी

नयाँ वर्ष तिमी यसपालि
बाढी पहिरो लिई नआउनु है
कुनै पनि नेपालीका घर-दैलामा
दु:खको ओइरो लिई नआउनु है

तिमी आउनु चर्को गर्मी पछिको
शीतल झरी बनेर
सबै नेपालीका मनहरुमा
माया भरि भरि बनेर
बिन्ती छ नयाँ वर्ष यसपालि
तिमी बन्द बनेर नआउनु है
काठमाडौंका गल्लीमा सडेका
फोहरको गन्ध बनेर नआउनु है
बरु सगरमाथाको शीतलता बोकेको
हावामा शान्त सुवास बनी आउनु
अनि हाम्रो समाजमा प्रगतिको,
उन्नति र विकासको आभास बनी आउनु
विनम्र अनिरोध छ नयाँ वर्ष
तिमी पीडा बनेर नआउनु है
नेपालीले नेपालीलाई गर्दै आएको
घृणा बनेर नआउनु है
मान्छेबीच जातपातको खाडल नहोस्
त्यस्तो सद्भाव बनी आउनु
नेपालको मुहारै फेरियोस् नयाँ वर्ष
त्यस्तो दैवी प्रभाव बनी आउनु

बिन्ती छ नयाँ वर्ष यसपाली तिमी
राम्रो दैवी प्रभाव बनी आउनु!!